काठमाडौंका चार स्थानमा ‘वाटर एटीएम’, ५ रुपैयाँमा १ लिटर पानी पाइने « Khabarhub

काठमाडौंका चार स्थानमा ‘वाटर एटीएम’, ५ रुपैयाँमा १ लिटर पानी पाइने


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा वाटर एटीएम सञ्चालनमा ल्याइएको छ ।

पानी खानका लागि आवश्यकता अनुसार सिक्का वा नोट राखेर स्वचालित रुपमा पानी आउने वाटर एटीएम सञ्चालनमा ल्याइएको हो ।

खानेपानी मन्त्रालय, काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त प्रयासमा सञ्चालनमा ल्याइएको वाटर एटीएमको खानेपानीमन्त्री मणिचन्द्र थापाले उद्घाटन गरेका हुन ।

वाटर एटीएम जडान भएसँगै स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा उपलब्ध भएको र सर्वसाधारण लाभान्वित हुने मन्त्री थापाले बताए । उनले १५ वटा एटीएम राख्ने लक्ष्य रहेको र हाल चार स्थानमा सञ्चालनमा आएको जानकारी दिए ।

पानीका लागि उपभोक्ताले प्रति २ सय मिलिमिटरका लागि १ रुपैयाँ तिर्नुपर्नेछ । प्रति लिटर पानीको ५ रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

सुरुमा काठमाडौंको शान्तिबाटीकाबाट सुरु गरिएको वाटर एटीएमलाई अन्य स्थानमा पनि विस्तार गरिने मन्त्रालयले जनाएको छ ।

वाटर भेन्डिङ मेसिन कसरी प्रयोग गर्ने ?

१) रु पाँच वा १० को नोटलाई वाटर भेन्डिङ मेसिनसँगै रहेको पैसा साट्ने मेसिनबाट रु १ को सिक्कामा साट्ने ।

२) साटेको रु १ को सिक्कालाई कप डिस्पेन्सर मेसिनको सिक्का हाल्ने ठाउँमा छिराउने र २०० मिलिलिटर कागजको कप लिने ।

३) कपलाई लगेर कप वा बोतल थाप्ने धाराको तल राख्ने ।

४) अनि रु १ को सिक्कालाई धारासँगैको सिक्का हाल्ने ठाउँमा धारा र सिक्का हाल्ने ठाउँको अंक मिलाई छिराउने ।

५) २०० मिलिलिटर शुद्ध पिउने पानी कप वा बोतलमा झर्ने छ ।

६) त्यसरी प्रयोग गरेको कपलाई फोहोर फाल्ने भाँडामा फाल्ने ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ९ : २५ बजे

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.