अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ८६ हजार नाघ्यो | Khabarhub Khabarhub

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ८६ हजार नाघ्यो


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ८६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ६८ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ८६ हजार ९२२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ लाख ३ हजार ४८१ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ८० लाख नाघेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ७९ लाख ३० हजार ८१९ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ९५ लाख ८४ हजार ४९९ जनामध्ये २० हजार ४०७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  १० : ३० बजे

सीमान्तकृत समुदायका लागि सुरक्षित आवासमा पहुँच वृद्धि गर्न जोड

काठमाडौं – आवाससम्बन्धी संविधानप्रदत्त अधिकार प्राप्तिका लागि सीमान्तकृत समुदायको सुरक्षित

अल्जेरियामा फुटबल समर्थकहरू बीच भागदौड : तीन जनाको मृत्यु, ८१ घाइते

अल्जियर्स – अल्जेरियाको राजधानी अल्जियर्समा मोलुदिया क्लब द अल्जेर (एमसीए)

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी विश्वकप क्रिकेट लिग २

पशुपतिनाथ र बुद्ध पुकार्दै कान्छारामले भने- प्रकाशमान र विष्णुलाई ०८४ पछि संसद्‍मा देख्नु नपरोस्

काठमाडौं- नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले संघीय सरकारका