कतारका राजदूत कोइरालालाई फिर्ता बोलाइयो « Khabarhub

कतारका राजदूत कोइरालालाई फिर्ता बोलाइयो


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कतारका लागि नेपाली राजदूत रमेश कोइरालालाई फिर्ता बोलाएको छ । विहीबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजदूत कोइरालालाई फिर्ता बोलाउने निर्णय भएको जानकारी दिएका छन् ।

कतारमा रहेका नेपाली श्रमिकको हकहितमा काम नगरेको आरोप राजदूत कोइरालामाथि लाग्दै आएको थियो । सरकारले राजदूत कोइरालालाई आवश्यकता महशुस भएका कारण फिर्ता बोलाएको मन्त्री बाँस्कोटाले जानकारी गराए ।

हालसम्म कतारमा बसेर कुटनीतिक सहयोग गरेका राजदूत कोइरालालाई सरकारका तर्फबाट मन्त्री बाँस्कोटाले धन्यवाद समेत दिएका छन् । कोइरालालाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले राजदूत बनाएर कतार पठाएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ४ : ५० बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा