‘सत्यम्’को स्क्रिप्टमा व्यस्त राजेश हमाल « Khabarhub

‘सत्यम्’को स्क्रिप्टमा व्यस्त राजेश हमाल


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली फिल्ममा एकताका अभिनेता राजेश हमालले स्क्रिप्ट नै नपढी फिल्म साइन गर्छन् भन्ने किस्सा निकै लोकप्रिय थियो । त्यो समयको माहौल हेर्दा हमालले त्यसो गर्लान् भन्ने विश्वास फिल्मलाई पनि थियो । किनकी हमाललाई आफ्नो फिल्ममा अभिनय गराउन उनको निवासमा निर्माताको भीड नै लाग्थ्यो । तर अवस्था सधैं त्यही माहौलमा रहेन ।

पछिल्लो दशकमा फिल्ममा नयाँ पुस्ताको प्रवेशसँगै हमालको फिल्मी सक्रियता घटेको छ । मधु भट्टराईसँग वैवाहिक जीवन बाँधिएपछि हमाल पारिवारिकसँगै सामाजिक काम तथा घुमघाममा रमाइरहन्छन् ।

उनी जहाँ पुग्छन्, त्यहाँको गतिविधिलाई सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा अपडेट गर्छन् । उनी भावना पोस्ट गर्दैनन्, त्यसको सट्टामा विभिन्न पोजका तस्वीर राख्छन् ।

यिनै हमाल झण्डै चार वर्षपछि दर्शकमाझ फिल्म ‘सत्यम्’मार्फत आउदैछन् । फिल्मको स्क्रिप्ट नपढ्ने आरोप खेपेका हमाल अहिले यो फिल्मको स्क्रिप्टमा व्यस्त छन् । उनले फेसबुकमा राखेका केही तस्वीरले पनि यो कुराको पुष्टि गरेको छ ।

तस्वीरमा हमाल निकै खुशी मुडमा देखिएका छन् । यो समयमा फिल्म ‘सत्यम’को स्क्रिप्टमा हमालसहित निर्देशक शंकर कार्की व्यस्त छन् ।

यो फिल्ममा अभिनेता अनुपविक्रम शाही र पल शाहको पनि अभिनय रहनेछ । फिल्ममा अनुप भिलेन चरित्रमा देखिँदैछन् ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  १ : ०० बजे

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका