औलोको जोखिम कायमै, २०२५ सम्म होला त निवारण ? | Khabarhub Khabarhub

औलोको जोखिम कायमै, २०२५ सम्म होला त निवारण ?


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– सन् २०२५ सम्म नेपालमा औलो रोग निवारण गर्ने उद्देश्यका साथ विभिन्न गतिविधि भए पनि औलोको जोखिम कायमै छ । अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशमा अझै औलोको जोखिम बढी रहेको पाइएको हो ।

विश्व स्वास्थ्य सङ्गठनको निर्णयअनुसार हरेक वर्ष अप्रिल २५ तारिखका दिन अर्थात विश्व औलो दिवस मनाइन्छ । स्वास्थ्य सस्था र सरोकारवाला निकायले औलो निवारण गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएपनि सुदूरपश्चिमका पहाडी जिल्लामा समेत औलोको प्रकोप अझै देखिएको स्वास्थ्यकर्मी बताउँछन् ।

यस अवसरमा डडेल्धुरा सदरमुकाममा जिल्ला जनस्वास्थ्य कार्यालयले आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा सुदूरपश्चिम पनि औलोको जोखिममा रहेको बताइएको हो ।

डडेल्धुरामा चालू आर्थिक वर्षको हालसम्म औलोका आठ बिरामी भेटिएको छ भने डडेल्धुरासँगै पाहाडी जिल्ला डोटी अछाम, दार्चुला, बैतडी, बझाङसमेत औलोको जोखिममा रहेको उक्त कार्यालयले जनाएको छ ।

विदेशबाट फर्कने नेपालीमा औलोको सङ्क्रमण देखिने गरेको उक्त कार्यालयका भेक्टरकन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले जानकारी दिए । औलो रोग निवारण गर्न सम्बन्धित स्वास्थ्यचौकीमार्फत आमा समूहसम्म विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।
सुदूरपश्चिम प्रदेशका ३१ वटा वडा औलोको उच्च जोखिमा छन् भने ९१ वडा मध्यम जोखिममा रहेको तथ्याङ्कले देखाएको छ । डडेल्धुरा जिल्लाको पनि भित्री मधेशमा पर्ने पर्शुराम नगरपालिका र आलिताल गाउँपालिकामा औलोको बढी जोखिम रहेको भेक्टरकन्ट्रोल सुपरभाइजर भट्टले बताए ।

लामखुट्टेको टोकाइका कारण मानिस तथा अन्य केही जनावरमा सर्ने औलो प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीका कारण लाग्ने गर्छ । लामखुट्टेको टोकाइबाट परजीवी शरीरमा प्रवेश गरेमा १० देखि १५ दिनमा लक्षण देखिन थाल्छ ।

घर–घर तथा समुदायमा औलोसम्बन्धी जनचेतना फैलाउने, औलो रोगका लक्षणबारे जानकारी दिने, शङ्कास्पद बिरामीले तुरुन्त परीक्षण गर्ने गरेमा औलो रोगबाट बच्न तथा बचाउन सकिने चिकित्सक बताउँछन् ।

बाँकेमा औलोका ३७ विरामी

राँझा– आयातित विरामीका कारण बाँके जिल्लामा औलो रोगको जोखिम अझै देखिएको छ ।

अन्य रोगको तुलनामा औलो उन्मूलनउन्मुख भएपनि आयातित विरामीका कारण जोखिम कायमै रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रण संयोजक दुर्गा गौतमले बताए । चालु आर्थिक वर्षको पुससम्म बाँकेमा औलो रोगका ३७ विरामी फेला परेकामा तीन मात्रै स्थानीय विरामी रहेको उक्त कार्यालयले जनाएको छ ।

“स्थानीय विरामीलाई शून्यमा झारेर यहाँको लामखुट्टेबाट औलो नसरोस् भन्ने हाम्रो लक्ष्य हो ।”गौतमले भने–“त्यसका लागि स्थानीय तहबाटै औलोरोग विरुद्धको सचेतना कार्यक्रम सञ्चालन भएको छ भने सबै स्वास्थ्य संस्थाबाट औलोको जाँच र औषधि निःशुल्क वितरण भईरहेको छ ।”
औलो सङ्क्रमित विरामीको उपचार नभएमा लामखुट्टेको माध्यमबाट यो रोग सर्ने भएकोले विदेशबाट आएका र स्वदेशका ज्वरोका विरामीले २४ घण्टाभित्रै जाँच गर्नुपर्ने उनको सल्लाह छ ।

रगत जाँचका क्रममा एकजनामा सङ्क्रमण देखिएमा विरामीको घरलाई केन्द्र मानेर एक किलोमिटर वरिपरि वा वस्तीका कम्तीमा पचास घरपरिवारमा जाँच गर्ने गरिएको छ ।

विगतमा औलो प्रभावित जिल्ला भनेर चिनिने बाँके पछिल्लो समयमा सुरक्षित बन्दै गएपनि जोखिम भने कायमै रहेको उक्त कार्यालयका निमित्त प्रमुख प्रेम केसीले जानकारी दिए ।

नेपाल सरकारले औलो रोगीको संख्या सन् २०२२ सम्ममा शून्यमा पु¥याउने र सन् २०२५ सम्म नेपाललाई औलोमुक्त देश बनाउने लक्ष्य लिएको छ । नेपाल सरकार मातहतका सम्पूर्ण स्वास्थ्य संस्थामा औलोको परीक्षण तथा उपचार निःशुल्क हुने निमित्त प्रमुख केसीले जानकारी दिए ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ५ : ०२ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही