नेकपाका नेताको प्रदर्शन राष्ट्रको ढुकुटी सक्ने प्रपञ्च – अध्यक्ष केसी « Khabarhub

नेकपाका नेताको प्रदर्शन राष्ट्रको ढुकुटी सक्ने प्रपञ्च – अध्यक्ष केसी


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– नेकपाका नेताको प्रदर्शनलाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले राष्ट्रको ढुकुटी सक्ने प्रपञ्च भनेका छन् ।

प्रगतिशील पत्रकार संघ अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा केसीले राज्यको ढुकुटी रित्तिने गरी नेकपाका नेताहरूले शक्ति प्रर्दशन गरेको आरोप लगाए ।

अध्यक्ष केसीले सत्तामा बस्नेहरूले देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र अस्मिताभन्दा सत्ता र स्वार्थमा लागेको आरोप लगाए ।

भारतले हडपेको लिम्पियाधुरा र कालापानी लगायतको भू–भाग समेटेर नक्सा सार्वजनिक गरेपछि उनीहरूकै इशारामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको समेत आरोप लगाए ।

अध्यक्ष केसीले मुलुकमा अस्थिर राजनीतिका कारण राजावादीहरूसमेत सलबलाएको टिप्पणी गरे ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ३ : ०६ बजे

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु

लन्डन – मे र जुनमा यस पहिलेको सोही समयको रेकर्ड

सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने

विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका

बालेन मौन बस्दा सक्रियता बढाउँदै रवि, मधेशवादी नेताहरूसँग गरे लामो संवाद

काठमाडौं- सुनसरीबाट सल्किएको साम्प्रदायिक हिंसाको आगो मधेशमा पनि सल्किएपछि राष्ट्रिय

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा अघिल्लो गणनामा बाघको सङ्ख्या १२८ रहेकामा