लागुऔषधसहित भारतीय नागरिक पक्राउ « Khabarhub

लागुऔषधसहित भारतीय नागरिक पक्राउ


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले लागुऔषधसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

२ सय एम्पुल नोर्फिन, २ सय एम्पुल डाइजेपाम र २ सय एम्पुल प्रोमेथाइजिनसहित भारत मोतिहारी बस्ने २६ वर्षीय राज कुमार प्रसादलाई चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट प्रहरीले पक्राउ गरेको हो ।

वीरगंजबाट काठमाडौं आउँदै गरेको ना.८ ख ४६८० नम्बरको बस महानगरीय प्रहरी प्रभाग नागढुंगाको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार राजकुमारलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी मोरङ, बिराटनगर महानगरपालिका-१५ हुलास मेटलस्थित सडकबाट करिब ४ केजी अवैध लागुऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुनसरी ईटहरी उपमहानगरपालिका-५ बस्ने ५२ वर्षीय तेज बहादुर राई र सोही ठाउँ बस्ने ४१ बर्षीय पदम बहादुर राई रहेका छन् ।

भारततर्फ जाँदै गरेको को.२ ह ७२४१ नम्बरको अटोलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कार्टुनमा लुकाएर लैजाँदै गरेको उक्त गाँजा फेला पारी अटोमा सवार तेज बहादुर र अटो चालक पदम बहादुरलाई अटो सहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ४ : ४४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना