संसद आक्रमणमा ट्रम्पको संलग्नता नरहेको कानून व्यवसायीको दाबी | Khabarhub Khabarhub

संसद आक्रमणमा ट्रम्पको संलग्नता नरहेको कानून व्यवसायीको दाबी


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी संसद भवनमा भएको हिंसात्मक आक्रमणमा  पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कुनै संलग्नता नभएको उनका कानून व्यवसायीले दाबी गरेका छन् ।

अमेरिकी संसद भवनमा गत जनवरी ६ मा हिंसात्मक आक्रमण गर्न ‘उक्साए’को आरोपमा महाअभियोग सामना गरिरहेका ट्रम्पको बचाउ गर्दै उनका कानून व्यवसायीले सो घटनामा ट्रम्प निर्दोष रहेको बताएका हुन् ।

कानून व्यवसायीले आक्रमणमा ट्रम्पको संलग्नता खोजिनु गम्भीर झुठ भएको बताएका छन् ।

वकिल भाइक्ष्कल भान डेर वीनले ट्रम्पविरुद्ध महाअभियोगको सुनुवाइ राजनीतिक रुपमा प्रेरित भएको बताए ।

ट्रम्पको डिफेन्स टिमले सिनेटमा सुनुवाईको क्रममा पाएको १६ घण्टाको समयमध्ये चार घण्टाभन्दा कम मात्रै प्रयोग गरेका छन् ।

वकिलहरुको डिफेन्स बहसअघि हाउस इमपिचमेन्ट म्यानेजरर्सले प्रमाणसहित दुई दिनसम्म आफ्नो केस प्रस्तुत गरेका थिए ।

अमेरिकी संसदमा भएको आक्रमणमा एक प्रहरी अधिकारीसहित कम्तीमा पाँच जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ९ : ०१ बजे

खोटाङको ‘फोक्सिङटार–धाप्लाङघाट’ सडक निर्माण हुँदै

खोटाङ– खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने छोटो मार्ग ‘फोक्सिङटार–धाप्लाङघाट

बैतडीमा रेबिजविरुद्धको खोप अभाव

बैतडी– बैतडीमा रेबिजविरुद्ध दिइने खोपको अभाव हुँदा सेवाग्राही समस्यामा परेका

सुदूरपश्चिम सरकार र कर्मचारीबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित

धनगढी– सुदूरपश्चिम प्रदेश सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच पाँच

तरुण दलको लमजुङ अधिवेशनमा झडप, खुकुरी प्रहारबाट चारजना घाइते

लमजुङ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला

ट्रम्पप्रति इरानी नेताको आक्रोश

इरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मध्यपूर्व भ्रमण सकाएर फर्केपछि