नेपाली दूतावास यूएईका अधिकांश कर्मचारीमा कोरोना संक्रमण « Khabarhub

नेपाली दूतावास यूएईका अधिकांश कर्मचारीमा कोरोना संक्रमण


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- संयुक्त अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावासका अधिकांश कर्मचारी कोरोना सङ्क्रमित भएका छन् ।

दूतावासले एक बिज्ञप्ति जारी गर्दै कोभिड–१९ बाट दूतावासका अधिकांश कूटनीतिक तथा स्थानीय कर्मचारी संक्रमित भएको जनाएको छ ।

कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि दूतावासले राहदानीका लागि आवेदन दिँदा हुलाक तथा कुरियर सेवाको माध्यमबाट पठाउन अनुरोध गरेको छ ।

सेवाग्राहीको सुविधा र सुरक्षालाई मध्यनजर गर्दै दूतावासबाट प्रदान गरिने सेवालाई प्रभाव नपरोस् भन्ने हेतुले राहदानी नवीकरणको लागि हुलाकमार्फत आवेदन संकलन गर्न लागिएको दूतावासले जनाएको छ।

आगामी फागुन २ गते लागू हुनेगरी हुलाक तथा कुरियर सेवाको माध्यमबाट आवेदन पठाउनसमेत अनुरोध गरेको छ ।

राहदानीको लागि फाराम भर्ने, राजस्व तिर्ने तथा साथमा पठाउनुपर्ने कागजातहरुको सम्बन्धमा दूतावासको वेभसाइट हेर्न समेत दूतावासले भनेको छ ।

कर्मचारीहरु कोरोना संक्रमित भएकाले आउँदो फागुन दुई गते भौतिक सम्पर्क कम गर्न कुरियर तथा हुलाकबाटै राहदानीको लागि आवेदन दिन आग्रह गरिएको दूतावासले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  १० : २५ बजे

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न