मोटरसाईकल चोरीमा संलग्न ४ जना पक्राउ | Khabarhub Khabarhub

मोटरसाईकल चोरीमा संलग्न ४ जना पक्राउ


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँबाट मोटरसाईकल चोरीमा संलग्न ४ जनालाई मोटरसाईकलसहित ट्राफिक महाशाखाले नियन्त्रणमा लिएको छ ।

मोटरसाईकल चोरीका सूचनाहरु प्राप्त भएसँगै ट्राफिक प्रहरीले केही महिनायता सक्रियतापुर्वक आफ्नो सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गर्दै बिशेष अप्रेसन सञ्चालन गर्दै आएको थियो । बिशेष अप्रेसन टोली परिचालनसँगै मोटरसाईकल चोरीमा संलग्न गिरोह मोटरसाईकलसहित पक्राउ हुने क्रम बढेको छ ।

माघ महिनामा मात्रै ११ जनालाई नियन्त्रणमा लिइ मोटरसाइकल चोरी मुद्दाका अनुसन्धान कारबाहिका लागी बिभिन्न बृत्त प्रभागमा पठाएको महाशाखाले जनाएको छ ।

सादा पोसाकमा खटिएको टोलीले महाबौद्धबाट श्रेष्ठको पल्सर सहित धादिङ्ग गजुरीका धन बहादुर तामाङलाई बास्तविक नम्वर परिवर्तन गरी बा.प्र.३-०२-०२०प४८२४ राखेको अबस्थामा पक्राउ गरेको हो भने बल्खुबाट मगरको २२० सिसिको एनएस पल्सर मोटरसाइकलसहित धादिङ्ग थाक्रेका ईन्द्र तामाङ्ग र रिखीलाल तामाङ्गलाई प्रदेश ३-०२,०११प८९२९ नम्वरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

पक्राउ गरी तीनै जना माथी अनुसन्धान एव सोधपुछ गर्दा मोटरसाईकल चोरी गरी बेचबिखन गर्ने मुख्य नाइके मकवानपुर थाहा नगरपालिका घर भई डल्लु बस्ने वर्ष २६ को निरश थिङ नै भएको तथ्य पत्ता लाग्यो, त्यसपछि टोलीले सुचना संकलन एव खोजतलास गरी बिशेष सुराकको आधारमा निजलाई बल्खुबाट पक्राउ गरेको उनले बताए ।

पक्राउ भएका मोटरसाइकलहरु यहि मंसिर २९ गते भक्तपुरका सुसन थापा मगर र पुष २२ गते रामेछापका हिराकाजी श्रेष्‍ठको चोरी भएको रातो कालो २२० सीसीको पल्सर मोटरसाईकल रहेको महाशाखाले जनाएको छ।

थापा मगरको प्रदेश ३-०२,०११ प २१३३ नम्बरको २२० सीसीको एनएस पल्सर सिपाडोलबाट पार्किङ्ग गरेको अबस्थामा चोरी भएको थियो भने श्रेष्ठको बा. प्रदेश ०२-०१९प९५०८ नंम्बरको पल्सर कालीमाटी टंकेश्वरबाट हराएको निबेदनमा उल्लेख गरेका छन ।

हराएको निबेदनको आधारमा सुचना संकलन एव सुराकी परिचालन गरी हराएको मोटरसाईकल र चोरीमा संलग्न ४ जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

उनले यस आर्थिक वर्षमा मात्रै १९६ वटा मोटरसाईकल खोजतलास एव पक्राउ गरी सम्बन्धित धनीलाई जिम्मा लगाइ सकेको छ भने चोरीमा संलग्न ३९ जना व्यक्तिहरूलाईसमेत पक्राउ गरी चोरी मुद्दा चलाईसकेको जानकारी दिए ।

पछिल्लो समय उपत्यकाको बिभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी बिशेष कारबाही अभियान चलाएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  २ : ३३ बजे

इजराइलद्वारा पूर्वी रफाहबाट एक लाख मानिसको सुरक्षित स्थानान्तरण

जेरुसेलम– इजराइली सेनाले सोमबार दक्षिणी सहर गाजामा सम्भावित स्थलगत आक्रमण

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि

केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि व्यवसायी उत्साहित

चितवन– जिल्लामा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने

समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न एमाले तयार : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेले समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न आफूहरू