मन्त्री भट्टले लगाए प्रचण्डलाई ‘लालगद्धार’को आरोप « Khabarhub

मन्त्री भट्टले लगाए प्रचण्डलाई ‘लालगद्धार’को आरोप


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा ओली समूहका स्थायी कमिटी सदस्य तथा उद्योग, वाणिज्य एवं आपूर्ति मन्त्री लेखराज भट्टले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘लालगद्धार’को आरोप लगाएका छन ।

शनिबार पूर्वजनमुक्ति सेना नेपाल केन्द्रीय संयोजन समिति बुटवलद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री भट्टले यस्तो आरोप लगाएका हुन ।

उनले भने, ‘वर्षौंदेखि प्रचण्डकै पछि-पछि लागेर मुलुकका लागि जनयुद्ध लड्यौँ । कैयौँले ज्यान गुमाए । तर, अहिले ती सबै बिर्सेर प्रचण्ड सुखसयल, पद र परिवारमा केन्द्रित भएका छन । अहिले पदकै लोभमा विरोध शुरू गरेर हिँडेपछि साथ छाड्नुपर्यो ।’

सम्बोधनकै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीमा पनि ‘प्रचण्ड प्रवृत्ति’ देखा परे साथ छाड्ने बताए ।

‘प्रचण्ड’ले पार्टीप्रति गद्धारी गरेपछि उनको साथ छाडेर केपी ओलीलाई साथ दिएको बताउँदै ओलीमा त्यस्तै प्रवृत्ति देखिए साथ छाड्ने संकेत गरेका हुन् ।

मन्त्री भट्टले भने, ‘प्रधानमन्त्री ओलीमा प्रचण्ड प्रवृत्ति नदेखिएको र यदि त्यस्तो देखिएमा ओलीको साथ छाड्न कुनै आइतबार कुर्दिनँ ।’

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  १० : ०१ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको