मन्त्री भट्टले लगाए प्रचण्डलाई ‘लालगद्धार’को आरोप « Khabarhub

मन्त्री भट्टले लगाए प्रचण्डलाई ‘लालगद्धार’को आरोप


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा ओली समूहका स्थायी कमिटी सदस्य तथा उद्योग, वाणिज्य एवं आपूर्ति मन्त्री लेखराज भट्टले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘लालगद्धार’को आरोप लगाएका छन ।

शनिबार पूर्वजनमुक्ति सेना नेपाल केन्द्रीय संयोजन समिति बुटवलद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री भट्टले यस्तो आरोप लगाएका हुन ।

उनले भने, ‘वर्षौंदेखि प्रचण्डकै पछि-पछि लागेर मुलुकका लागि जनयुद्ध लड्यौँ । कैयौँले ज्यान गुमाए । तर, अहिले ती सबै बिर्सेर प्रचण्ड सुखसयल, पद र परिवारमा केन्द्रित भएका छन । अहिले पदकै लोभमा विरोध शुरू गरेर हिँडेपछि साथ छाड्नुपर्यो ।’

सम्बोधनकै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीमा पनि ‘प्रचण्ड प्रवृत्ति’ देखा परे साथ छाड्ने बताए ।

‘प्रचण्ड’ले पार्टीप्रति गद्धारी गरेपछि उनको साथ छाडेर केपी ओलीलाई साथ दिएको बताउँदै ओलीमा त्यस्तै प्रवृत्ति देखिए साथ छाड्ने संकेत गरेका हुन् ।

मन्त्री भट्टले भने, ‘प्रधानमन्त्री ओलीमा प्रचण्ड प्रवृत्ति नदेखिएको र यदि त्यस्तो देखिएमा ओलीको साथ छाड्न कुनै आइतबार कुर्दिनँ ।’

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  १० : ०१ बजे

सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने

विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका

बालेन मौन बस्दा सक्रियता बढाउँदै रवि, मधेशवादी नेताहरूसँग गरे लामो संवाद

काठमाडौं- सुनसरीबाट सल्किएको साम्प्रदायिक हिंसाको आगो मधेशमा पनि सल्किएपछि राष्ट्रिय

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा अघिल्लो गणनामा बाघको सङ्ख्या १२८ रहेकामा

सुर्खेतमा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु

कर्णाली– सुर्खेत वीरेन्द्रनगरमा अटोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ