आधिकारिक नेकपा हामी हौँ, ‘सेटिङ’कै भरमा निर्णय भए निर्वाचन आयोग घेर्छौं : अध्यक्ष नेपाल  « Khabarhub

आधिकारिक नेकपा हामी हौँ, ‘सेटिङ’कै भरमा निर्णय भए निर्वाचन आयोग घेर्छौं : अध्यक्ष नेपाल 


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपाको आधिकारिकता आफूहरुले पाउने दाबी गरेका छन ।

प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार धनकुटामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता नेपालले केन्द्रीय सदस्यको संख्याका आधारमा पार्टीको आधिकारिता आफूहरुनै भएको दाबी गरेका हुन ।

निर्वाचन आयोगले सेटिङको भरमा अन्यायपूर्ण निर्णय गरेमा तीन सय केन्द्रीय सदस्य आयोग घेर्न जाने चेतावनी दिए ।

‘म र प्रचण्ड नेतृत्वको नेकपा नै आधिकारिक हुने पक्का छ’, उनले भने, ‘तर सर्वत्र सेटिङ गरेको भरमा गलत निर्णय लिएमा तीन सय केन्द्रीय सदस्य हातमा नागरिकता लिएर आयोग घेर्न लान्छौं ।’

मुलुक र जनताप्रतिको चिन्ता कहिल्यै नलिने ओली उखानटुक्का सुनाउँदै हिँडेको समेत उनले आरोप लगाए ।

निर्मला पन्त, भागरथी भट्टलगायत बलत्कारको सिकार भएका घटनामा सरकारले दोषीलाई अझै कारबाही गर्न नसक्नु दुखद् रहेको बताए ।

सभालाई नेकपा स्थायी कमिटी सदस्यहरु वर्षमान पुन र भीम आचार्य, रामकुमारी झाँक्री, हेमराज भण्डारीलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ८ : १६ बजे

सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने

विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका

बालेन मौन बस्दा सक्रियता बढाउँदै रवि, मधेशवादी नेताहरूसँग गरे लामो संवाद

काठमाडौं- सुनसरीबाट सल्किएको साम्प्रदायिक हिंसाको आगो मधेशमा पनि सल्किएपछि राष्ट्रिय

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा अघिल्लो गणनामा बाघको सङ्ख्या १२८ रहेकामा

सुर्खेतमा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु

कर्णाली– सुर्खेत वीरेन्द्रनगरमा अटोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ