ट्रम्पविरूद्धको महाअभियोग सिनेटबाट दोस्रो पटक पनि अस्वीकृत | Khabarhub Khabarhub

ट्रम्पविरूद्धको महाअभियोग सिनेटबाट दोस्रो पटक पनि अस्वीकृत


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी माथिल्लो सदन सिनेटले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्धको महाअभियोग अस्वीकृत गरेको छ ।

संसद भवन आक्रमणमा समर्थकलाई ‘उकासे’को आरोपमा महाअभियोग लगाइए पनि सिनेटमा त्यसको पक्षमा आवश्यक मत नपुगेको हो ।

सिनेटले महाअभियोग अस्वीकृत गरेसँगै ट्रम्प कलंकित हुनबाट जोगिएका छन् । बीबीसीका अनुसार रिपब्लिकनसहितका ५७ सिनेटरले महाअभियोगको पक्षमा मदान गरे पनि उनलाई दोषी ठहर्‍याउनका लागि पर्याप्त भएन ।

महाअभियोगमा उनलाई दोषी ठहर गर्ने पक्षमा ५० डेमोक्र्याट तथा सात रिपब्लिकन सिनेटरले मत दिएका हुन् । ४३ सदस्यले भने विपक्षमा मतदान गरेका थिए ।

माथिल्लो सदन सिनेटका १०० सदस्यमध्ये कम्तीमा ६७ सदस्यको मतले मात्रै महाअभियोग पारित हुने व्यवस्था छ ।

गएको जनवरी ६ मा संसद भवनमा भएको हिंसात्मक आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो ।

सिनेटबाट आफू जोगिएपछि ट्रम्पले वक्तव्य जारी गर्दै महाअभियोगलाई इतिहासमै भएको सबैभन्दा ठूलो ‘विच हन्ट’ को संज्ञा दिएका छन् ।

अमेरिकी इतिहासमा दुई पटक महाअभियोग लागे पनि उनले त्यसबाट मुक्ति पाएका छन् । यसअघि पनि उनीविरूद्धको महाअभियोगलाई सिनेटले अस्वीकृत गरेको थियो । शक्तिको दुरुपयोग तथा संसदको कार्य सम्पादनमा अवरोध गरेको आरोपमा सन् २०१९ को डिसेम्बरमा ट्रम्पमाथि महाअभियोग लगाइएको थियो । त्यसमा पनि उनलाई निर्दोष ठहर्‍याइएको थियो ।

ट्रम्प सिनेटबाट दोषी ठहर भएको भए खण्डमा उनी कुनै पनि पदका लागि चुनाव लड्न नपाउने गरि सिनेटले प्रतिबन्ध लगाउने थियो । तर दोषी ठहर नभएसँगै उनलाई सन् २०२४ को राष्ट्रपतीय निर्वाचनको उम्मेदवार बन्न पनि बाटो खुलेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ८ : ३७ बजे

हिम्मतले नन्दप्रसादलाई आत्मनिर्भर बनायो

कञ्चनपुर– कृष्णपुर नगरपालिका–५ गजरौला बजारको एक कुनामा बिहानैदेखि धुवाँको मुस्लो,

एक वर्षमा ७८ केजी मानव नमूना आयात-निर्यात

काठमाडौँ – गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले मानव शरीरको

मन्दिरमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो

सिन्धुली– दुधौली नगरपालिका–२ लामीडाँडास्थित मधुगङ्गा महादेव मन्दिरमा सोमबार हत्या गरिएका

बसको ठक्करबाट ७१ वर्षीया वृद्धाको मृत्यु

भादगाउँ– बसको ठक्करबाट मंगलबार पैदलयात्री ७१ वर्षीया वृद्धा सुवर्णकेशरी श्रेष्ठको

स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना