भगवान श्रीकृष्णलाई यसकारण देखिएन कहिल्यै बृद्ध ? « Khabarhub

भगवान श्रीकृष्णलाई यसकारण देखिएन कहिल्यै बृद्ध ?


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिन्दुधर्म शास्त्र अनुसार विष्णु भगवानको अवतार मानिन्छ श्रीकृष्णलाई । भगवान श्रीकृष्णको कुनै पनि तस्वीर, मुर्तीमा उनी बुढा भएको देखिएको छैन ।

धर्मशास्त्रमा उल्लेख भए अनुसार श्रीकृष्ण कहिल्यै बुढा नै भएनन् । भगवान कृष्णको जीवन कैयौं रहस्यले भरिएको मानिन्छ ।

उनका जीवनका कयौं रहस्यमध्येको एक रहस्यबारे उल्लेख गरिएको छ । त्यो उनको उमेर । भगवान कृष्ण जब महाभारतको कुरुक्षेत्रमा अर्जुनलाई गीताज्ञान दिइरहेका थिए तब उनको उमेर ९० वर्ष पुगेको थियो ।

महाभारतको युद्धका बेला भगवान कृष्ण हजुरबा बनिसकेका थिए । तर पनि युद्धका दौरान उनी जवान देखिन्थे ।

आद्य पुराण पुरुष नव यौवनः, ब्रह्म संहिताको श्लोकमा कृष्णको उमेरबारे वर्णन गरिएको छ । जसअनुसार कृष्णको छवि उनका भक्तजनहरुमा सधैं नौजवान कै रह्यो । र सधैं रहने छ ।

कृष्णलाई परम पुरुषोत्तम भगवान मानिन्छ । किनकी उनी सर्वाकर्षक हुन् । हाम्रो अनुभव अनुसार यो देख्छौं कि कुनै पनि व्यक्ति सम्पत्ति, शक्ति, यश, सौन्दर्य, ज्ञान तथा त्यागका कारण आकर्षक बन्छ ।

जोसुकैसँग यी ६ ऐश्वर्य एकसाथ असीम मात्रामा हुन्छ, यो सम्झनु पर्यो कि त्यो परम पुरुषोत्तम भगवान हो । विष्णु पुराणका श्लोकमा यी ६ ऐश्वर्यबारे महान वेदाचार्य पराशर मुनिले विस्तारमा वर्णन गरेका छन् ।

जसअनुसार हामी यो सम्झिन सक्छौं कि श्रीकृष्ण केवल एक असाधारण ऐतिहासिक व्यक्ति मात्रै हैन, अपितु साक्षात् परम पुरुषोत्तम भगवान हुन् ।एजेन्सी

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ५ : ४६ बजे

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका

१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित