महिला राष्ट्रिय हक्कीको उपाधि आर्मीले जित्यो « Khabarhub

महिला राष्ट्रिय हक्कीको उपाधि आर्मीले जित्यो


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तेस्रो स्व सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा आज भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशको टिमलाई पराजित गर्दै आर्मी क्लबले उपाधि जितेको हो ।

फाइनलको पहिलो हाफमा आर्मी क्लबलाई दबाबमा राखेको सुदूरपश्चिमले दोस्रो हाफमा आर्मीको टोलीले आफ्नो दबाब बढाएको थियो ।

आर्मीका लागि निलिमा पाण्डेयले दुई गोल गरेकी थिइन ।

घरेलु दर्शकको साथ पाए पनि सुदूरपश्चिमले गोल गर्न सकेन । प्रतियोगिताको उपाधि बिजेता टिमलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पुरस्कृत गरे ।

नेपाल हक्की सङ्घको आयोजना र कञ्चनपुर जिल्ला हक्की सङ्घको समन्वयमा भएको प्रतियोगिताको उपाधि विजेता आर्मी क्लब रु ५० हजार नगदसहित सम्मानीत भएको छ भने उपविजेता सुदूरपश्चिम रु ३० हजार नगदसहित पुरस्कृत भएको छ ।

चार वटा प्रदेश र विभागीयतर्फ आर्मी क्बल सहभागी रहेको हक्की प्रतियोगितामा वेष्ट स्कोररमा आर्मीका निलिमा पाण्डेय घोषित भइन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ७ : ५६ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको