कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता मानन्धरले दिए राजीनामा « Khabarhub

कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता मानन्धरले दिए राजीनामा


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले पदबाट राजीनामा दिएका छन् ।

मुख्य न्यायाधिवक्ता मानन्धरले आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामापत्र पेश गरेका हुन ।

“आफ्नो कार्य व्यस्तताका कारण मनखुशीले मैले मुख्यमन्त्रीसमक्ष राजीनामापत्र पेश गरेको छु”, उनले भने, “स्वीकृत गर्ने/नगर्ने उहाँको हात हो ।”

यद्यपि मुख्य न्यायाधिवक्ता मानन्धरले सामाजिक सञ्जालबाट समेत आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

आफ्नो निजी कार्यव्यस्तताका कारण आफूले सम्हाल्दै आएको जिम्मेवारीमा रहिरहन नसक्ने कारण खुलाउँदै पदबाट राजीनामा दिएको बताउँदै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ऐतिहासिक जिम्मेवारी प्रदान गर्ने कर्णाली प्रदेश सरकार एवं सम्पूर्ण शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरेका छन ।

उनले आफ्नो पदीय जिम्मेवारीमा रहेर दुई वर्ष १० महिनाको कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न पाएकामा आफूलाई गौरवान्वित ठानेको कुरा व्यक्त गरेका छन। उनी मुख्य न्यायाधिवक्ताको पदमा ०७४ साल चैत २८ गते नियुक्त भएका थिए ।

उलने फेसबुकमा यस्तो लेखेका छन्-

कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको पदमा मिति २०७४ साल चैत्र २८ गते नियुक्त भई २०७७ साल माघ महिना सम्म आफ्नो…

Posted by Bidhya Bhusan Manandhar on Sunday, 14 February 2021

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ८ : २२ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन