‘आरआरआर’मा आलियाको दुई गीत « Khabarhub

‘आरआरआर’मा आलियाको दुई गीत


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– फिल्म ‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौलीको प्रतिक्षित फिल्म ‘आरआरआर’लाई लिएर एक नयाँ खबर बाहिर आएको छ । खबरअनुसार यो फिल्मका लागि अभिनेत्री आलिया भट्टले आफ्ना लागि दुई गीत गाउनेछिन् ।

आलियाले यसअघि इम्तियाज अलीको फिल्म ‘हाइवे’ र शशांक खेतानको फिल्म ‘हम्प्टी शर्माकी दुल्हनिया’मा गीत गाइसकेकी छन् ।

दक्षिण भारतीय फिल्मका सुपरस्टार राम चरण र जुनियर एनटीआर अभिनित फिल्ममा आलियाले एक गीत र एक डान्सिङ नम्बरमा आफ्नो स्वर दिनेछिन् । फिल्मको हिन्दी भर्सनका लागि उनले दुई गीत गाउनेछिन् ।

यो फिल्म हिन्दी, तेलुगू, तमिल, मलयालम र कन्नड भाषामा अक्टोबर १३ मा रिलिज हुँदैछ ।

फिल्ममा अजय देवगन, श्रीया सरन र आलियाको पनि अभिनय रहनेछ । निर्माता डीवीवी दानय्याले फिल्मको सुटिङ तालिका अन्तिम अवस्थामा पुगेकाले दर्शकमाझ ल्याउनका लागि उत्साहित भएको बताए ।

फिल्म युनिट हाल क्लाइमेक्सको छायांकनमा व्यस्त छ । फिल्मको बजेट ४ सय ५० करोड रुपैंयाँ रहेको छ ।
–एजेन्सी

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  १२ : ३५ बजे

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।