थाहा पाउनुहोस् पूजामा कपुर प्रयोग गर्नुको कारण « Khabarhub

थाहा पाउनुहोस् पूजामा कपुर प्रयोग गर्नुको कारण


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दू धर्ममा भगवानको पूजाको जति महत्व छ त्यति नै पूजा सामग्रीको पनि महत्व रहेको छ । पूजा सामाग्रीलाई समेत हिन्दुहरु श्रद्धा गर्दछन् । पूजामा प्रयोग हुने हरेक चीजको विशेष महत्व रहने गरेको छ ।

पूजा र अनुष्ठानका क्रममा कपूरको समेत प्रयोग गरिन्छ । भगवानको पूजामा कपूरको प्रयोग नभए पुर्ण पूजा भएको मानिदैन । पूजाका अलावा कपूरको प्रयोग वास्तुशास्त्रमा नकारात्मक ऊर्जा नष्ट गर्न समेत प्रयोग गरिन्छ । के के छन् कपूर प्रयोगका लाभ ?

घरमा वास्तुदोष रहेमा घरको सुख, शान्ति भंग हुने र कलह हुने गर्दछ । पसल वा व्यावसायीक प्रतिष्ठानमा वास्तुदोष भए घाटा हुन्छ । यस्तोमा घर वा पसलमा कपूर राखेमा वास्तुदोष वा नकारात्मक ऊर्जा नष्ट भई धन लाभ हुने धार्मीक मान्यता छ ।

यदि कतै सापटी वा ऋण दिएको धन अड्किरहेको छ वा आम्दानीभन्दा बढि खर्च हुने गरेको छ भने रातो गुलाफको फूलमा बालेको कपूर राखी देवी दुर्गामा अर्पित गरेमा यी सबै समस्या नष्ट भई धन लाभको योग बन्नेछ ।

यदि लगातार अनावश्यक खर्च भइरहेको छ भने साँझमा कपूरको दियो बालेर घर वरिपरी घुमाएर अन्त्यमा माता लक्ष्मीको आरती गर्दै घरको मन्दिरमा राखेमा धन लाभ र माता लक्ष्मीको कृपा प्राप्त हुन्छ ।

ज्योतिषशास्त्र अनुसार पितृदोष वा राहु केतुको खराब प्रभावबाट बच्न दैनिक घरमा कपूर बालेमा लाभ प्राप्त हुन्छ । आकस्मिक दुर्घटना वा जोखिमबमाट बच्न साँझमा हनुमान चालीसाको पाठ गरी कपूरमा ल्वाङ राखेर आरती गर्नु पर्दछ ।

यदि लामो समयदेखि भाग्यले साथ दिएको छैन वा मनोवाञ्छित फल प्राप्त भएको छैन भने भाग्य चम्काउन नुहाउँदा पानीमा कपूरको तेलका केही थोपा राखेर नुहाउनु पर्ने मान्यता छ । यसले शरीरका साथै भाग्यमा समेत सकारात्मक ऊर्जा प्राप्त हुने गर्दछ ।

वास्तु अनुसार, लामो प्रयाशका वावजुद काम बनिरहेको छैन भने चाँदीको कचौरामा नियमित रूपमा ल्वाङ र कपूर बालेर पूरै घरमा घुमाउनु पर्दछ । यसले जीवनमा आउने समस्त बाधा सुधार भएर जानेछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ८ : ३९ बजे

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ

किसानलाई अनुदानमा कृषि सामग्री वितरण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले यहाँका किसानलाई ९२