प्रदीपलाई लिड रोलमा लिएर ‘प्रकाश’ को औपचारिक घोषणा « Khabarhub

प्रदीपलाई लिड रोलमा लिएर ‘प्रकाश’ को औपचारिक घोषणा


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षक बन्ने सपना देखेका एक युवकको कथामा आधारित रहेर फिल्म ‘प्रकाश’ निर्माण हुने भएको छ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरियो । बिनिस इन्टरटेनमेन्टको व्यानरमा दिनेश राउतले निर्देशन गर्ने फिल्ममा अभिनेता प्रदीप खड्काले शीर्ष भूमिका निभाउने निर्माण टिमले जानकारी दिएको छ ।

निर्देशक राउतले ग्रामीण एक युवाले शिक्षक बन्न गरेको संघर्षलाई फिल्ममा देखाइने बताए । ‘सरकारी विद्यालयको शिक्षक बन्न एक युवकले के के कुराको सामना गर्नुपर्छ भन्ने कुरा प्रकाशमा दर्शकले हेर्न पाउनेछन्’, पत्रकार सम्मेलनमा निर्देशक राउतले भने ।

प्रेमकथाका फिल्म बनाइरहेका दिनेशले यसअघि एक कमेडियनको संघर्षको कथा बोकेको फिल्म ‘सेल्फी किङ’ निर्देशन गरेका थिए ।

अभिनेता प्रदीपले फिल्मको कथाको माग अनुसार आफूले ज्यान घटाएको खुलाए । ‘फिल्मकै लागि मैले झन्डै सात किलो तौल घटाएको छु’, उनले भने ।

फिल्ममा प्रदीपसँगै दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, अम्जद परवेज, रामबाबु रेग्मी, देवकुमार श्रेष्ठ, निरज पन्थी, हुम बिसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, पवित्रा खड्का, लोकेन्द्र लेखक र दीपेन्द्र शाहीको अभिनय रहनेछ । यसै फिल्ममार्फत रेनु योगीले नायिकाको रुपमा ‘डेब्यू’ गर्दैछिन् ।

महेन्द्र अधिकारीको लगानी रहने फिल्ममा राजेश श्रेष्ठको छायांकन, अनुप बरालको कास्टिङ निर्देशन र विकास सुवेदीको लेखन रहेको छ ।

फिल्ममा ताराप्रकाश लिम्बु, एलिस कार्की र दीपक शर्माको संगीत, जीवन थापाको सम्पादन रहनेछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ५ : ५५ बजे

शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुन: सहकार्य

काठमाडौं– मारिकोले आफ्नो बेबी केयर ब्रान्ड प्यारासुट एडभान्स्ड बेबीमार्फत सामाजिक

विपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड अनुदान

बागलुङ– बागलुङका विपद् सङ्कटग्रस्त स्थानीय तहलाई सङ्घीय सरकारले पहिलो चरणमा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

हेटौँडा– भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा आज बिहान बसको ठक्करबाट एक जना महिलाको

एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले भिजासँग ’भिजा डाइरेक्ट टू एकाउन्ट सेवाका लागि

मेची करिडोरको ठेक्का रद्द

काठमाडौं– मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक