वाग्मती प्रदेशसभाको बैठक स्थगित « Khabarhub

वाग्मती प्रदेशसभाको बैठक स्थगित


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– वाग्मती प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ ।

आज सूचना जारी गर्दै प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाका सदस्यलाई बैठक विशेष कारणवश स्थगित गरिएको जानकारी गराएका छन् ।

यसअघि माघ १९ गतेका लागि तय भएको प्रदेशसभाको बैठक विशेष कारण १८ गते राति नै सूचना जारी गरेर फागुन ५ गतेसम्मका लागि स्थगित भएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहका ४५ जना प्रदेशसभा सदस्यले वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

आज बस्ने बैठकमा उक्त विषयमा दलगत रुपमा धारणा राख्ने गरी बैठक तय भएको थियो । वाग्मती प्रदेशसभामा सत्तारुढ नेकपाको ८०, नेपाली कांग्रेसको २२, विवेकशील साझा दलको तीन, राप्रपाको दुई, नेपाल मजदूर किसान पार्टीको दुई र एक स्वतन्त्र सांसद गरी ११० जना प्रदेशसभाका सदस्य छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १२ : ०६ बजे

इरानको मिसाइल आक्रमणपछि इजरायलमा तनाव, सरकारसँग मागियो जवाफ

जेरूसेलम- इरानले शनिबार राति ठूलो क्षति हुने गरी मिसाइल हमला

आकाश खुलेसँगै सफा देखियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं- गत शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा

राम नवमीको साइतमा प्रधानमन्त्री बन्दै बालेन, त्यसअगाडि रास्वपाले गर्नेछ यी महत्‍वपूर्ण निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले चैत १२ गते बिहान सचिवालय र

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौँ – मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको

इरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा चुनौती

तेहरान – इरानी मिसाइल इजरायलको मुख्य आणविक अनुसन्धान केन्द्र नजिक