भागरथी हत्या प्रकरण : आरोपितलाई म्याद थप गर्न आजै जिल्ला अदालत लगिने « Khabarhub

भागरथी हत्या प्रकरण : आरोपितलाई म्याद थप गर्न आजै जिल्ला अदालत लगिने


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई म्याद थपका जिल्ला अदालतमा पेस गर्ने तयारी प्रहरीले गरेको छ ।

थप अनुसन्धानका लागि म्याद थप गर्न आजै जिल्ला अदालत लगिने सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले बताए । सिंहका अनुसार भट्टले पारिवारिक रिसइबीका कारण हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

प्रहरीले आज २ बजे भट्टलाई सार्वजनिक गर्दै छ । नातामा भाइ पर्ने दिनेशले आफू एक्लैले हत्या गरेको बताएको एसएसपी सिंहले जानकारी दिए ।

२१ माघ २०७७ मा विद्यालयबाट घर फर्कर्दै गरेकी उनको बलात्कारपछि हत्या भएको थियो । उनको शव भोलिपल्ट दार्चुलाबाट बैतडी जाने बाटोबाट भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा सडकबाट ५० मिटर तल भेटिएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १२ : ३८ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार