आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Khabarhub

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुनको मूल्य ७ महिनापछि पहिलोपटक ९० हजारभन्दा तल झरेको छ। बुधबार सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँ कायम भएको हो।

नेपाल सुन चाँदी महासंघले कोरोना महामारीपछि गत जेठमा सुन बजारका लागि कायम गरेको मूल्य ८७ हजार ७ सय रुपैयाँ थियो। त्यसपछि लगातार बढ्न थालेको मूल्य असारमा प्रतितोला ८९ हजार ७ सय रुपैयाँ भयो। त्यसपछि भने सुनको भाउ लगातार उकालो लाग्दै तोलाको १ लाख रुपैयाँ माथि पुग्यो।

अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताहरु सुनप्रति आकर्षित हुन थालेपछि मूल्य उकालो लाग्दै प्रतितोला एक लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो।

हाल लगानीकर्ताहरु सेयरतर्फ आकर्षित हुदा सुनको मूल्य घट्न थालेको महासंघले जनाएको छ।

यतिबेला पुनः सुनको मूल्य घट्दै प्रतितोला ८९ हजार ८ सय रुपैयाँ भएको छ। केही समयदेखि सुनको मूल्य प्रतितोला ९० हजारभन्दा तल झरेको थिएन।

बुधबार अघिल्लो दिनको भन्दा तोलामा ११ सय रुपैयाँले गिरावट भएको हो। गत हप्तादेखि सामान्य गिरावट भइरहेको सुनको मूल्य मंगलबार तोलामा २ सय रुपैयाँले बढेको थियो।

चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। अघिल्लो दिनको भन्दा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ४० रुपैयाँ भएको छ। मंगलबार तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले एक महिनाभित्र सुनको मूल्य घटेर प्रतितोला ८० हजार रुपैयाँसम्म आइपुग्ने अनुमान गरे।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १७९२.३२ डलर र चाँदी प्रतिऔंस २७.३३ डलरमा कारोबार भएको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १२ : ५८ बजे

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार