महिला लिग फुटबल : दुई खेल अगाबै एपीएफ च्याम्पियन « Khabarhub

महिला लिग फुटबल : दुई खेल अगाबै एपीएफ च्याम्पियन


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभागीय क्लब एपीएफले राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बुधबार भएको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १-१ बराबरीमा रोकेपछि दुई खेल अगावै एपीएफ लिग च्याम्पियन बनेको हो ।

दोस्रो स्थानमा रहेको आर्मीलाई पुलिसले बराबरीमा रोकेपछि एपीएफले उपाधि जित्ने मौका पाएको हो । खेलको १७ औँ मिनेटमा पुनम जर्गा मगरले आत्मघाती गोल गरेपछि पुलिसले खेलमा १–० को अग्रता बनाएको थियो।

तर दोस्रो हाफको खेलमा ५५ औँ मिनेटमा आर्मीकी रश्मी घिसिङले १ गोल फर्काएपछि खेल बराबरीमा सकिएको थियो। यी दुई क्लबबीचको बराबरीसँगै १० खेलमा ३० अंक जोडेको एपिएफ आफ्ना दुई खेल अगावै च्याम्पियन बनेको छ।

एपीएफ जारी लिगमा अपराजित रहने एक्लो टोलीसमेत हो । अब एपीएफले बाँकी दुई खेल प्रतिष्ठाका लागि मात्र खेल्नेछ।

पुलिससँग बराबरी खेलेको आर्मी पनि जारी लिगको उपविजेता बनेको छ। आर्मीले ११ खेलमा २६ अंक जोडेको छ। यस्तै ११ खेलमा १५ अंक जोडेको पुलिस क्लब चौथो स्थानमा उक्लिएको छ।

प्रतियोगिताको उपाधि जितेसँगै एपिएफले १० लाख नगद पुरस्कार पक्का गरेको छ। यस्तै उपविजेता बनेको आर्मीले पनि आठ लाख नगद पक्का गरेको छ। अब प्रतियोगितामा तेस्रो हुनेले पाँच लाख तथा चौथो हुनेले तीन लाख प्राप्त गर्नेछ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ४ : ४७ बजे

नेपाललाई सहयोग गर्ने राष्ट्रपति ट्रम्पको प्रतिबद्धता

वाशिङटन, डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि अप्पर त्रिशूली

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ : देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६