गोरखा दरबारको पुनःनिर्माण छिटो सक्न निर्देशन « Khabarhub

गोरखा दरबारको पुनःनिर्माण छिटो सक्न निर्देशन


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा-प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराले गोरखा दरबारको पुनः निर्माण छिटो सक्न निर्देशन दिएका छन्। आज (शुक्रबार) गोरखा दरबारको निरीक्षण गर्दै सभामुख महराले पुनःनिर्माणको कार्य सुस्त गतिमा भइरहेको प्रति चिन्ता व्यक्त गरे । उनले यो काममा कुनै पनि ढिलासुस्ती नगर्न मातहतका कर्मचारीहरुलाई निर्देशन पनि दिए ।

ऐतिहासिक महत्व रहेको गोरखा दरबारको मौलिक संरचना कत्तिपनि नविग्रने गरी पुनःनिर्माण गर्न आग्रह गर्दै गोरखा दरबारको संरक्षण संवर्दन र प्रवर्दनमा सरकार, स्थानीय निकाय र सरोकारवाला सवैको चिन्ता र चासो हुनुपर्ने उनले बताए। गोरखा दरबारलाई ऐतिहासिक, पुरातात्विक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सवै लागि पर्नुपर्ने उनको भनाई छ । यसैवीच सभामुख महराले गोरखा संग्रहालयको समेत अवलोकन, निरीक्षण गर्नुभई पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणमा सबै लागि पर्नुपर्ने बताए।

अवलोकन कार्यक्रममा सभामुख महराका साथ प्रतिनिधि सभाका शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती, प्रतिनिधि सभा सदस्य हरीराज अधिकारी, संविधानसभा सदस्य कृष्ण धिताल, गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, गोरखा दरबार, गोरखा संग्रहालयका कर्मचारीहरुको सहभागिता थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  १० : १६ बजे

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरी- इटहरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय