जापानी राजदूत र सभामुख सापकोटाबीच बिदाइ भेट « Khabarhub

जापानी राजदूत र सभामुख सापकोटाबीच बिदाइ भेट


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि जापानी राजदूत मासामिची साइगोले सभामुख अग्‍निप्रसाद सापकोटासँग आज बिदाइ भेट गरेका छन् ।

कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत साइगोले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिदाइ भेट गरेका हुन् ।

भेटमा सभामुख सापकोटाले नेपाल र जापानबीच ६५ बर्ष लामो मैत्रिपूर्ण सम्बन्ध सँधै सुमधुर रहेको बताए ।

उनले कोभिड-१९ का कारण मानव जातिको सभ्यता र अस्तित्वमा सिर्जना भएको चुनौतीमाथि मानव जातिको जित सुरु भएको बताउँदै जापानमा आजै देखि कोभिड-१९ विरुद्ध खोप कार्यक्रम सुरु भएकोमा खुसी व्यक्त गरे ।

भेटमा जापानले गरेको सहयोगप्रति आभार प्रकट गरे । राजदूत साइगोले नेपाल बसाइका क्रममा भएको सहयोप्रति आभार प्रकट गर्दै यसपछि आउने राजदूतले पनि यस्तै सहयोग पाउने आशा व्यक्त गरे ।

साइगोले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बिदाइ भेट गरेका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १० : १५ बजे

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित