प्रधानमन्त्री ओली र जापानी राजदूतबीच बिदाइ भेट « Khabarhub

प्रधानमन्त्री ओली र जापानी राजदूतबीच बिदाइ भेट


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बिदाइ भेट गरेका छन्।

राजदुत साइगोले आफ्नो दुई वर्ष ९ महिनाको कार्यकाल पूरा गरी स्वदेश फर्किनुअघि प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन ।

भेटमा प्रधानमन्त्री ओलीले राजदूत साइगोकोको कार्यकाल सफल रहेको उल्लेख गर्दै यस अवधिमा नागढुंगा सुरुङ लगायतका विभिन्न कार्यक्रममार्फत नेपाल र जापानबीचको मैत्री सम्बन्ध थप सदृढ बनाउन खेलेकाे भूमिकाका लागि धन्यवाद व्यक्त गरे।

आगामी दिनमा यी दुई घनिष्ट मित्र देश बीच राष्ट्राध्यक्ष तथा सरकारका प्रमुख स्तरको भ्रमण आदान प्रदान हुने अपेक्षा समेत प्रधानमन्त्रीले व्यक्त गरे। त्यस्तै,राजदूत साइगोले आफ्नो कार्यअवधि भर नेपाल सरकारबाट प्राप्त सहयोगका लागि आभार प्रकट गरेका थिए।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ११ : ०६ बजे

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ