पिसाब रोकिने समस्याबाट यसरी पाउनुस् मुक्ति « Khabarhub

पिसाब रोकिने समस्याबाट यसरी पाउनुस् मुक्ति


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुत्राशयमा कुनै कारणवश जम्मा भएर पिसाब निस्किनमा रोकावट भयो या बिल्कुल रोकियो भने त्यसलाई ‘मूत्र अवरोध’ या पिसाब रोकिनु भनिन्छ ।

यो रोग विशेष गरी पत्थरी, खानामा तरलपदार्थको मात्रा कम हुनु, खानामा नुनको अधिकता, सल्फोनामाइड्स, मर्करी आदि औषधिहरु एवं प्रोस्टेट ग्रन्थिमा संक्रमण आदिका कारण हुनेगर्छ ।

लक्षण

— पिसाव कम या थोपा थोपा आउनु या बिल्कुल नआउनु ।

— छिनछिनमा पीडाका साथ पिसाव आउनु,

— पिँडुलामा पीडा हुनु आदि ।

घरेलु उपचार

१.  शिलाजितको सेवन गर्नाले पिसाव रोकिने समस्या ठीक हुन्छ ।

२.  २० ग्राम काँक्राको बीउ २० ग्राम धनियाँ राति पानीमा भिजाएर प्रातःकाल त्यही पानीमा पिस्नुहोस् र छान्नुहोस्, त्यसपछि ४ ग्राम सिधेनुन हालेर पिउनाले पिसाव रोकिन ठीक हुन्छ ।

३.  त्रिफलाको घोलमा दूध र सखर हालेर पिउनाले पिसावमा हुने अवरोध तथा कष्ट ठीक हुन्छ ।

४.  तिल र कपासको बीजको रस मह र दहीसँग खानाले पनि पिसावको रोकावट बन्द हुनछ ।

५.  कमलको जरा र तिललाई गोमूत्रमा पिसेर पिउनाले पिसावको रोकावट ठीक हुन्छ ।

६.  कपासको बीज, त्रिफला र सिधेनुनको २० ग्राम चूर्ण तातोपानीसँग खानाले पिसावको रोकावट ठीक हुन्छ ।

७.  ८ ग्राम गुलावको वृक्षको खरानी र ४ ग्राम सोचर नुन रक्सीसँग पिउनाले रोकिएको पिसाव खुल्दछ ।

साभार घरेलु आयुर्वेदिक उपचारबाट

 

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ५ : ४० बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री