साउथ इन्डियन फिल्ममा डेब्यु गर्दै स्वस्तिमा ! | Khabarhub Khabarhub

साउथ इन्डियन फिल्ममा डेब्यु गर्दै स्वस्तिमा !


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायिका स्वस्तिमा खड्काले दक्षिण भारतीय फिल्ममा अभिनय गर्ने भएकी छिन् ।

छोटो समयमै नेपाली फिल्ममा चर्चा बटुल्न सफल स्वस्तिमाले दक्षिण भारतीय फिल्ममा अभिनय गर्न लागेको उनी निकट स्रोतले जानकारी दियो ।

यसअघि पनि स्वस्तिमाले एक अङग्रेजी फिल्ममा अभिनय गर्ने फाइनल भइसकेको छ । उक्त फिल्ममा स्वस्तिमाले भुटानी शरणार्थीको भूमिका निभाउँदैछिन् । यसबारेमा स्वस्तिमाले आफै स्पष्ट पारेकी थिइन् ।

दक्षिण भारतीय फिल्मको नाम ‘थिरीमाली’ राखिएको छ । उक्त फिल्ममा विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, आना रेश्मा लगायतका कलाकारको अभिनय रहनेछ ।

यस्तै माओत्से गुरुङसहित अन्य केही कलाकारको समेत अभिनय रहने जनाइएको छ । यद्यपि फिल्ममा नेपाली कलाकार को को रहने भन्ने अझै फाइनल भइनसकेको स्रोतले बताएको छ ।

नेपालमा समेत छायांकन गरिने यो फिल्ममा स्वस्तिमाको भूमिका कति रहने भन्ने पनि खुलाइएको छैन । यता स्वस्तिमाले पनि फिल्ममा अभिनय गर्नेबारे अहिलेसम्म कुनै जानकारी दिएकी छैनिन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ८ : ०० बजे

रेखा सम्मिलित अबुधाबीले यूएई महिला लिगको उपाधि जित्यो

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी रेखा पौडेल

हेवा खोलाको निर्माणाधीन बेलिब्रिज भाँचियो, ६ जना घाइते

पाँचथर – मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा

हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या

हुम्ला – दुई सातादेखि हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या बढ्दै

निर्वाचन पद्धति र प्रणालीबारे विवेचना हुन जरुरी छः सभामुख घिमिरे

काठमाडौं – सभामुख देवराज घिमिरेले शासकीय प्रणालीलाई प्रभावकारी र जनमुखी

इराकस्थित अमेरिकी सैन्य संरचनामा आक्रमण नगर्न बग्दादको आग्रह

बग्दाद – वासिङ्टनको सहयोगी इजरायल र इरानबीच झडप भइरहेका बेला