विवादपछि राष्ट्रपतिको हुवाए भ्रमण रद्द | Khabarhub Khabarhub

विवादपछि राष्ट्रपतिको हुवाए भ्रमण रद्द


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको हुवाए भ्रमण विवादका कारण रद्द भएको छ । बेइजिङस्थित नेपाली दूतावासले पूर्वतालिका बिनानै दूरसञ्चार कम्पनी हुवाएको भ्रमण राखेको थियो ।

विना तयारीको भ्रमणका विषयमा उत्पन्न विवाद नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुबीच आइपुगेपछि राष्ट्रपतिको हुवाए भ्रमण स्थगित भएको हो ।
नेपालसहित अन्तर्राष्ट्रिय समूदायमा पनि हुवाए कम्पनी विवादमा रहेको कम्पनीको भ्रमण गर्ने कार्यतालिका सार्वजनिक भएपछि भ्रमण दलका सदस्यहरुबीच मत बाझिएको थियो ।

भ्रमण कार्यतालिका भन्दा फरक दूतावासले तयार पारेको भ्रमण तालिका अनुसार भ्रमणमा जान नमिल्ने भन्दै परराष्ट्रमन्त्री, परराष्ट्र सचिवले बताएका थिए ।

पछिल्लो समय हुवाएविरुद्ध अमेरिकाले प्राविधिक युद्ध पनि चलाउँदै आएको छ । गत डिसेम्बरमा मा हुवायकी प्रमुख वित्तीय अधिकारी मेङ वान्झुलाई क्यानाडामा पक्राउ गरेको थियो । हाल उनलाई अमेरिकामा सुपुर्दगी गर्ने विषयमा क्यानाडेली अदालतमा मुद्दा चलिरहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  १२ : ०१ बजे

क्लब विश्वकप : फ्लेमिङ्गोको विजयी सुरुवात

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार

आज २०८२ साल असार ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ४ गते बुधबार। असार