समाजसेवी मित्रसेन दाहालको निधन | Khabarhub Khabarhub

समाजसेवी मित्रसेन दाहालको निधन


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- समाजसेवी मित्रसेन दाहालको निधन भएको छ । शुक्रबार बिहान हृदयाघातका कारण उनको निधन भएको हो । २०१९ सालामा ओखलढुङ्गाको रामपुरमा जन्मेका दाहाल काठमाडौँको चावहिलमा बस्दै आएका थिए ।

पारिवारिक स्रोतका अनुसार दाहाल बिहान आज बिहान करिब पौने आठ बजे घरमा अचानक अस्वस्थ भएका थिए । उनलाई तुरुन्तै ओम अस्पताल पुर्‍याइएकोमा चिकित्सकहरुले पौने दश बजे मृत घोषणा गरेका थिए ।

दाहालका श्रीमती, दुई छोरा र एक छोरी छन् । आजै उनको दाहसंस्कार गरिने भएको छ ।

दाहाल आफू अध्यक्ष रहेको जेपी फाउन्डेसनमार्फत दुई दशकभन्दा लामो समयदेखि समाजसेवामा सक्रिय थिए । फाउन्डेसनले काठमाडौँको लप्सेफेदीमा ‘ज्येष्ठ नागरिक मैत्री सेवा आश्रम’ सञ्चालन गरेको छ ।

दाहाल नेपाली कांग्रेसमा सक्रिय थिए । उनी २०७४ सालको आमनिर्वाचनमा ओखलढुङ्गाको क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार थिए । उनी राजनीतिक सक्रियताका क्रममा जेल समेत परेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले दाहालको निधनमा दुःख प्रकट गरेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  २ : ५१ बजे

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक

साढे दुई लाखभन्दा बढीले नयाँ मतदाता थपिए

काठमाडौं – हालसम्म दुई लाख ५७ हजार ५०५ नयाँ मतदाताले

जनार्दन पक्षको ‘प्रगतिशील नागरिक पार्टी’ दर्ताका लागि आयोगमा निवेदन

काठमाडौं – तत्कालीन नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माको संरक्षणमा

धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ

जनकपुरधाम – धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको

एनपीएलका लागि कीर्तिपुर क्रिकेट मैदानमा तयारी तीव्र (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग दोश्रो संस्करणका लागि कीर्तिपुर क्रिकेट