म्यानमारमा गोली लागेर एक प्रदर्शनकारी महिलाको मृत्यु « Khabarhub

म्यानमारमा गोली लागेर एक प्रदर्शनकारी महिलाको मृत्यु


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सैन्य ‘कू’ पछि म्यानमारमा भएको प्रदर्शनका क्रममा २० वर्षीया एक महिलाको मृत्यु भएको छ ।

सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएकी उनी सैन्य कू को विरोधमा भएको प्रदर्शनमा मृत्यु हुने पहिलो प्रदर्शनकारी हुन् ।

म्ये थ्वी चैइङ नामकी उनी गत हप्ता प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएकी थिइन् । प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले वाटर क्यानन, रबरको गोली र वास्तविक गोली चलाउँदै आएको छ ।

अधिकारवादी समूहले उनीमाथि वास्तविक गोली लागेको बताएका छन् । आङ सान सूची नेतृत्वको पार्टीको सरकारलाई हटाएर म्यानमारमा सैन्य कू भएपछि त्यसको विरोधमा पछिल्लो समय दैनिक जसो प्रदर्शन हुँदै आएको छ ।

राजधानी नेपितस्थित अस्पतालले स्थानीय समयानुसार विहान ११ बजे ती महिलाको मृत्यु भएको पुष्टि गरेको हो । परिवारका अनुसार आइतबार उनको अन्तिम संस्कार गरिने छ ।

म्यानमारका सरकारी अधिकारीहरुले उक्त घटनाको अनुसन्धान हुने बताएका छन् । गत फेब्रुअरी ९ मा गोली लागेर घाइते भएकी उनलाई अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ५ : १९ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको