अपराजित रहँदै एपीएफ बन्यो महिला लिग फुटबल च्याम्पियन « Khabarhub

अपराजित रहँदै एपीएफ बन्यो महिला लिग फुटबल च्याम्पियन


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय महिला लिग फुटबलमा एपीएफले अपराजित रहँदै उपाधि जितेको छ ।

शुक्रबार भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मीलाई ३–० गोल अन्तरले हराउँदै एपीएफ च्याम्पियन बनेको हो । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको खेलमा एपीएफकी सरु लिम्बुले दुई र अनिता केसीले एक गोल गरेका थिए ।

एपीएफले १२ खेलमा ३६ अंक जोड्दा १२ खेलमा २६ अंक जोडेको आर्मी उपविजेता बन्यो ।

यसअघि शुक्रबार बिहान ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा पुलिसले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १०–० गोल अन्तरले पराजित गरेको थियो ।

पुलिसको जितमा निरु थापाले चार गोल गरिन् । यस्तै निर्मला बिकले तीन, सुनकला राई र अमृता जैशीले एक-एक गोल गरेका थिए । पुलिसले एक गोल आत्मघाती उपहार पाएको थियो । चौदण्डीगढी अन्तिममा रहेको लिग सकाएको छ ।

उपाधि जितेको एपीएफले १५ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले ८ लाख, तेस्रो भएको पुलिसले ५ लाख र चौथो बनेको स्याङ्जाको वालिङ नगरपालिकाले ३ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  १० : ०१ बजे

नेपाललाई सहयोग गर्ने राष्ट्रपति ट्रम्पको प्रतिबद्धता

वाशिङटन, डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि अप्पर त्रिशूली

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ : देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६