यस्तो छ टन्सीलबाट बच्ने घरेलु उपाय « Khabarhub

यस्तो छ टन्सीलबाट बच्ने घरेलु उपाय


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हाम्रो घाँटीको बीचमा श्वास र अन्न नली हुन्छ । त्यसको दुवै साइडमा ११ वटा ग्रन्थी हुन्छ । त्यसलाई टन्सील भनिन्छ ।

रुघा, खोकी दम र टन्सिल हुनमा स्टे«प्टोकोक्स र फिल्ट्रेवल जस्ता भाइरसको ठूलो भूमिका हुन्छ । यी भाइरस धुलो, धुवाँ, चिसो, बासी, सडेगलेको खानामा हुन्छ । साथै चिल्लो धेरै तारे भुटेको खाना आदिबाट टन्सील हुन्छ ।

जब टन्सील हुन्छ यो सुनिन्छ । रातो हुन्छ र दुख्छ । धेरै सुनिएमा कानको नलिमा समेत असर गर्दछ । इन्फेक्सन बढ्दै गएमा गुच्चाको आकार जस्तो हुन्छ । यो पाक्न पनि सक्छ । यो बेला अप्रेशन गर्नु पर्दछ । पाकेर फुट्यो भने त्यसको पिपले फोक्सोलाई नराम्रोसँग हानी गर्छ । कहिलेकाहीँ टन्सीलमा साना सेता धब्बाहरू पनि देखिन्छन् । धेरै टन्सील भैरहने र छिटो छिटो ज्वरो आइरहने व्यक्तिलाई मुटु र मृगौला रोग पनि हुन सक्दछ ।

 घरेलु उपचार

अदुवा, बेसार, सुठो पानी सेवन गर्ने,

त्रिकुट (मरिच, दाल्चिनी, पिप्ला) मिलाएर मुखमा च्यापिरहने

नुनपानीले, लसुनपानी फुराएको फिटकिरी पानी वा निम्पता उमालेको पानीले कुल्ला गरिरहने

टमाटरको तातो सुपमा मरिच र विरेनून राखेर सेवन गर्ने

गाँजरको रस तातो पानी मरिच र विरेनून राखेर सेवन गर्ने

आलसको धुलो बनाई घिउमा फ्राइ गर्ने र पानी राखेर ढिँडोजस्तो बनाई कपडामा राखेर वाफले सेक्ने । टन्सिल निको हुन्छ ।

तनाव नलिने, यदि औषधि प्रयोग गर्नै परेमा आयुर्वेदिक उपचार, अकुप्रेसर आदि गर्ने ।

साभारः घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ६ : ०१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना