यस्तो छ टन्सीलबाट बच्ने घरेलु उपाय « Khabarhub

यस्तो छ टन्सीलबाट बच्ने घरेलु उपाय


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हाम्रो घाँटीको बीचमा श्वास र अन्न नली हुन्छ । त्यसको दुवै साइडमा १–१ वटा ग्रन्थी हुन्छ । त्यसलाई टन्सील भनिन्छ ।

रुघा, खोकी दम र टन्सिल हुनमा स्टे«प्टोकोक्स र फिल्ट्रेवल जस्ता भाइरसको ठूलो भूमिका हुन्छ । यी भाइरस धुलो, धुवाँ, चिसो, बासी, सडेगलेको खानामा हुन्छ । साथै चिल्लो धेरै तारे भुटेको खाना आदिबाट टन्सील हुन्छ ।

जब टन्सील हुन्छ यो सुनिन्छ । रातो हुन्छ र दुख्छ । धेरै सुनिएमा कानको नलिमा समेत असर गर्दछ । इन्फेक्सन बढ्दै गएमा गुच्चाको आकार जस्तो हुन्छ । यो पाक्न पनि सक्छ । यो बेला अप्रेशन गर्नु पर्दछ । पाकेर फुट्यो भने त्यसको पिपले फोक्सोलाई नराम्रोसँग हानी गर्छ । कहिलेकाहीँ टन्सीलमा साना सेता धब्बाहरू पनि देखिन्छन् । धेरै टन्सील भैरहने र छिटो छिटो ज्वरो आइरहने व्यक्तिलाई मुटु र मृगौला रोग पनि हुन सक्दछ ।

 घरेलु उपचार

— अदुवा, बेसार, सुठो पानी सेवन गर्ने,

— त्रिकुट (मरिच, दाल्चिनी, पिप्ला) मिलाएर मुखमा च्यापिरहने

— नुनपानीले, लसुनपानी फुराएको फिटकिरी पानी वा निम्पता उमालेको पानीले कुल्ला गरिरहने

— टमाटरको तातो सुपमा मरिच र विरेनून राखेर सेवन गर्ने

— गाँजरको रस तातो पानी मरिच र विरेनून राखेर सेवन गर्ने

— आलसको धुलो बनाई घिउमा फ्राइ गर्ने र पानी राखेर ढिँडोजस्तो बनाई कपडामा राखेर वाफले सेक्ने । टन्सिल निको हुन्छ ।

— तनाव नलिने, यदि औषधि प्रयोग गर्नै परेमा आयुर्वेदिक उपचार, अकुप्रेसर आदि गर्ने ।

साभारः घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ६ : ०१ बजे

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा उम्मेदवार

काठमाडौँ– नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औँ

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर