खेलकुदको माध्यमबाट संसारलाई एकजुट गराउने अभियानसहित अघि बढेको ओलम्पिक मुभमेन्ट सन् २००८ मा आइपुग्दा सफलताको उच्चतम बिन्दुमा पुगेको थियो । सन् २००८ को बेइजिङ ओलम्पिकभन्दा अघि यस खेल महोत्सवले अनेक आरोह–अवरोह पार नगरेको होइन ।
सन् १८९६ मा सुरु भएको गृष्मकालीन ओलम्पिकले यसबीचमा दुई विश्व युद्ध र शीत युद्धको सामना गरेको थियो ।
९० को दशक सम्म आइपुग्दा बर्लिनको पर्खाल भत्किएको मात्र होइन, सोभियत संघ पनि विघटन भइसकेको थियो । नाटो र वार्साको रूपमा रहेका दुई शक्ति समूहका कारण खेलकर्मी विभाजित हुनुपर्ने युग पनि थिएन ।
सन् १९३६ को बर्लिन ओलम्पिकमा नाजी र यहुदीका बीचमा को श्रेष्ठ भन्ने होडबाजी थियो ।
त्यसखाले जातीय सोचका कारणले पनि ओलम्पिक मुभमेन्ट प्रभावित नभएको होइन । जातीय सोचको यो शृंखला पनि बेइजिङ ओलम्पिकसम्म आइपुग्दा टुटेको थियो । ओलम्पिक बहिष्कारको क्रम पनि पूर्ण रूपमा टुटेको थियो ।
बेइजिङ ओलम्पिकमै रहेको ‘वान वल्र्ड वान ड्रिम’ नाराका कारण सन् २००८ देखि सबै ओलम्पियनले मानव सभ्यतालाई एकजुट गराउने अभियानमा आफू संलग्न भएको महसुस गर्दै गर्व गर्थे ।
आगामी ओलम्पिकका सन्दर्भमा केही दुःखद पक्ष पनि देखिएका छन् । विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) को प्रतिवेदनलाई आधार मान्दै खेलकुदको सर्वोच्च न्यायालय कोर्ट अफ आर्बिटेसन (सीएएस) ले रुसलाई प्रतिबन्ध घोषणा गरेको छ । सन् २०२० को अन्त्यमा भएको सुनुवाइपछि रुसमाथि चार वर्षको प्रतिबन्धको घोषणा भएको हो ।
हो, ओलम्पिक अभियानको यही आदर्श र मान्यतामाथि गएको वर्ष धेरै तसारापात भएको छ । त्यसो त प्राकृतिक विपत्तिका कारण पनि टोकियो ओलम्पिक दुःखद ओलम्पिकको रूपमा रहने भएको छ । असी प्रतिशत जापानी सन् २०२१ मा टोक्यो ओलम्पिक आयोजनाको पक्षमा छैनन् तर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) अडान र जापान सरकारको रुचिका कारण निर्धारित मिति आगामी २३ जुलाई देखि ८ अगस्टसम्म ओलम्पिक खेलकुद आयोजना हुने सम्भावना प्रबल छ ।
आगामी ओलम्पिकका सन्दर्भमा केही दुःखद पक्ष पनि देखिएका छन् । विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) को प्रतिवेदनलाई आधार मान्दै खेलकुदको सर्वोच्च न्यायालय कोर्ट अफ आर्बिटेसन (सीएएस) ले रुसलाई प्रतिबन्ध घोषणा गरेको छ । सन् २०२० को अन्त्यमा भएको सुनुवाइपछि रुसमाथि चार वर्षको प्रतिबन्धको घोषणा भएको हो ।
रुसले टोकियो ओलम्पिक मात्र होइन, सन् २०२२ को बेइजिङ विन्टर गेम पनि गुमाउने छ । यसै चार वर्षको अवधिमा यो महाशक्ति राष्ट्रले सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल, सोही वर्ष चीनमा हुने शीतकालीन ओलम्पिक र सन् २०२४ को पेरिस ओलम्पिक गुमाउने छ ।
उक्त निर्णयले रुसी नेतृत्वलाई अत्यन्त आक्रोशित बनाएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले यसलाई राजनीतिक पूर्वाग्रहको संज्ञा दिए । पूर्वप्रधानमन्त्री डेमेट्रिभ मेदभेदेभले यसलाई ‘क्रोनिक एन्टी रसियन हिस्टेरिया’ भनेका छन् । देशको प्रतिनिधित्व नभए पनि तटस्थ खेलाडीको रूपमा रुसी एथलेटलाई सहभागिताको अवसर भने खुला छ ।
विश्व कीर्तिमानधारी चिनिया पौडीबाज सन याङका लागि सन् २०२० को कोभिड महामारी समेत लाभदायक भयो । लामो समयदेखि डोपिङको आरोप लागेका सनमाथि पश्चिमा पौडीबाजहरूले नसुहाउँदो व्यवहार गर्दै आएका थिए । उनीमाथि वाडाले मुद्दा दायर गरेको थियो । मुद्दा चलिरहँदा पनि उनले खेल्ने अवसर पाएका थिए । उनले पदक ग्रहण गर्दा पनि पोडियममा रहेका पश्चिमाहरूले उनीसँग हात मिलाउन अस्वीकार गर्दै रहे ।
सन् २०२० को फेब्रुअरीमा स्विस फेडरल सुप्रिम कोर्टले सनमाथि आठ वर्षको प्रतिबन्ध लगाएको थियो । जबकि सन् २०२० को जुलाईमा हुने गरी टोकियोमा ओलम्पिक खेलको मिति थियो । कोरोनाको महामारी पछि सोही खेल महोत्सव सन् २०२१ को जुलाईमा हुने निश्चित भयो ।
सन यो निर्णयको विरुद्धमा सिएएसमा मुद्दा लड्दै थिए । गत डिसेम्बरमा सिएएसले उनको अपिल सदर गर्दै प्रतिबन्ध फुकुवा गरेको हो । प्रतिबन्ध फुकुवा त भयो तथापि पश्चिमा देशहरूले निर्णयको विरोध गरिरहेका छन् ।
सन् २०१६ को रियो ओलम्पिकमा अमेरिकी अश्वेत मूलकी पौडीबाज सिमोन मानुएल स्वर्ण पदक जितेपछि भक्कानिएर रोएकी थिइन् । यसलाई अमेरिकी खेल समीक्षकले अब्राहम लिंकन र मार्टिन लुथर किङको अभियान पूर्ण सफल भएको प्रतिक्रिया समेत दिए, कारण थियो पौडीमा अमेरिकी अश्वेत महिलाको उपस्थिति धेरैपछि हुनु ।
मानुएल ओलम्पिकमा स्वर्ण पदक जित्ने पहिलो अश्वेत महिलासमेत थिइन् । उनकै स्टारडमका कारण अमेरिकामा अश्वेत किशोरीहरूको पौडीप्रतिको मोह बढ्दो थियो । कोरोना महामारीपछिको अश्वेत मानसिकता फेरिएको छ । डोनाल्ड ट्रम्पको कार्यकालमा भेदभावरहित मानव समाजको अभियानमै ठेस पनि लागेको छ ।
प्राकृतिक विपत्तिले पनि अश्वेतलाई नै धक्का दियो । कुल जनसंख्याको अनुपातमा अमेरिकामा कोरोना महामारीले अश्वेत समुदायमै धेरै मानवीय क्षति भयो । अबको ओलम्पिकमा अश्वेत उपस्थिति त हुनेछ तर भिन्न मानसिकताका साथ । शायद अमेरिकाको ट्रम्प कार्यकालको छाया आसन्न ओलम्पिक खेलकुदमा पनि देखिन सक्छ ।
उल्लिखित घटना क्रम केही दृष्टान्तमात्र हुन्, जसले टोकियोमा सन् २०२१ मा ओलम्पिक आयोजना भए पनि यसले संसारका सबै मानव एक हौँ भन्ने भावनाको प्रतिनिधित्व गर्न सक्दैन भन्ने देखाएको छ ।
यी यावत चुनौतीका बीच पनि हासीमोतोले पहिलो कामको रूपमा ओलम्पिक आयोजनाको विरुद्धमा रहेको जापानीहरूसँग वार्ता गर्ने भएकी छिन् । आइओसी अध्यक्ष वाचले हासीमोतोको जिम्मेवारीले महिला सशक्तीकरणको मुद्दा संसारमै उठ्ने प्रतिक्रिया दिएका छन् ।
यसै समयमा ओलम्पिक आयोजना हुने सम्भावना प्रबल छ कि न्यून भन्ने बहस अझै सान्दर्भिक छ ।
कोरोना महामारीको भ्याक्सिन वितरण जुन रफ्तारमा हुनुपर्ने हो, त्यो रफ्तारमा नभएका कारण यो सन्देह पैदा भएको हो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का अध्यक्ष थोमस वाचले कुनै पनि हालतमा निर्धारित समयमा ओलम्पिक खेलकुद आयोजना हुने र स्वास्थ्य मापदण्डमा ध्यान दिने बताएका छन् ।
उनले सबै खेलाडीले भ्याक्सिन लगाउनु अनिवार्य नभएको तर पाँच दिन अनिवार्य क्वारेनटाइन बस्नुपर्ने नियम राख्न सकिने बताए ।
आयोजक देश जापान भने आफैँ विभाजित अवस्थामा छ । जापानी प्रधानमन्त्री योशिहिदे सुगाले ओलम्पिक खेलकुद मानव सभ्यताको कोरोना महामारीमाथिको जितको रूपमा रहने जनाएका छन् ।
जनमत भने ओलम्पिक आयोजनाको विरुद्धमा रहेपछि सरकारका लागि ओलम्पिक आयोजना गर्ने निर्णय महँगो साबित हुन सक्ने अनुमान पनि गरिएको छ । एक सर्वेक्षणमा ८० प्रतिशत जापानी नागरिक ओलम्पिक आयोजनाको विपक्षमा रहेको पाइएको छ ।
आइओसी र जापान ओलम्पिक कमिटी थप आर्थिक क्षति बेहोर्ने पक्षमा छैनन् । यस कारण आइओसी, जापान ओलम्पिक कमिटी र जापान सरकार कुनै पनि हालतमा निर्धारित समयमा ओलम्पिक आयोजना गरेरै छाड्ने अडानमा छन् ।
युवाहरूलाई भ्याक्सिन लगाउन नदिन आइओसीले भ्याक्सिन अनिवार्य नगर्ने बताए पनि अन्तर्राष्ट्रिय समुदाय यसमा पूर्ण रूपमा सहमत छैन । अस्ट्रेलिया ओलम्पिक कमिटीले सबै जापानी नागरिकले भ्याक्सिन लगाउनै पर्नेमा जोड दिएको छ ।
जापान सरकारले फेब्रुअरीमै ३ करोड ६० लाख आफ्ना नागरिकलाई भ्याक्सिन लगाउने अभियान सुरु गरेको छ । यसमा स्वास्थ्यकर्मी र ६० वर्ष भन्दा माथिको प्रौढ रहेका छन् । भ्याक्सिन लगाउने सूचीमा खेलाडीहरू छैनन् ।
आयोजकहरूले १५ हजार ४ सय ओलम्पिक तथा पारा ओलम्पिक खेलाडीको निगरानी गर्न आफूहरू तयार रहेको बताउँदै आएका छन् । दर्शकको उपस्थिति व्यवस्थापनका बारेमा भने आयोजकहरू मौन नै छन् ।
त्यसो त समाचार स्रोतले जापान सरकारमै खेल आयोजना नगर्ने बारेमा पनि छलफल चलेको जनाएको छ तर क्यानोन र जापान एयरलाइन्स जस्ता ठूला प्रायोजक सधैँका लागि नरहन सक्ने भएपछि उक्त मितिमा आयोजना गर्ने सोचमा सरकार रहेको हो ।
कतिसम्म भएको थियो भने बेलायती ओलम्पियन मो फराह र एडम पट्टीले आफ्ना समकक्षी जापानी खेलाडीको ओलम्पिकमा चासोबारे सोधेछन् । उनीहरूले १२६ जनासँग व्यक्तिगत धारणा बुझ्दा २५ जनाले कोरोना भाइरसको संक्रमण बढाउन ओलम्पिकले सहयोग पुग्ने बताए भने १८ जनाले आफैँ बिरामी हुनसक्ने चिन्ता व्यक्त गरे ।
१५ जनाले अधिक जापानी नागरिकको रुचि नभएपछि खेल आयोजना गर्नुको औचित्य नभएको बताए ।
त्यसो त जापानमा ओलम्पिक आयोजनाको सवालमा अर्को ठूलो विवाद पनि देखियो । निर्धारित मितिभन्दा ५ महिनाअघि आयोजक कमिटीका प्रमुख योसुरो मोरी लैङ्गिक विवादका कारण पद त्याग गर्न बाध्य भए ।
मोरीले महिलाहरूको धेरै बोल्ने बानीका कारण बैठक अव्यवस्थित हुन्छ भनेपछि उनी राजीनामा गर्न बाध्य भए ।
सरकारले ओलम्पियन खेलाडी साइको हासीमोतोलाई नै ओलम्पिक प्रमुखको जिम्मेवारी तोकेको छ । पाँच महिनाअघि पाएको यो जिम्मेवारी हासीमोताको लागि कम चुनौतीपूर्ण छैन । यसै समयमा जापानका सामान्य नागरिकमात्र होइन जापानी व्यवसायी पनि विभाजित छन् ।
ओलम्पिकमा आबद्ध ठूला फर्ममा लागि यो समयमा आयोजना गर्न उपयुक्त मानिएको छ भने अन्य थुप्रै कम्पनी समय अनुपयुक्त ठानेका छन् ।
त्यसो त हासीमोतो पनि विवादरहित व्यक्ति होइनन् । सन् २०१४ मा रुसको सोचीमा भएको शीतकालीन ओलम्पिकको दौरान फिंगर स्केटर दाइसुके तकाहासीलाई गरेको व्यवहारका लागि अहिले पनि उनको आलोचना हुने गरेको छ । हासीमोतोले आफूले सामान्य अंकमालको रूपमा गरेको त्यो व्यहारलाई धेरैले अन्यथा ठाने क्षमा याचना गर्ने बताएकी छिन् ।
यी यावत चुनौतीका बीच पनि हासीमोतोले पहिलो कामको रूपमा ओलम्पिक आयोजनाको विरुद्धमा रहेको जापानीहरूसँग वार्ता गर्ने भएकी छिन् । आइओसी अध्यक्ष वाचले हासीमोतोको जिम्मेवारीले महिला सशक्तीकरणको मुद्दा संसारमै उठ्ने प्रतिक्रिया दिएका छन् ।
यसअघि टोकियोमा सन् २०६४ मा आयोजना भएको ओलम्पिक खेलकुद सकिएको एक दिनपछि जन्मिएकी हासीमोतो त्यसपछि चारपटक ओलम्पिकमा सहभागी भइसकेकी छन् ।
८३ वर्षीय मोरीले भने आफूले पद त्याग गर्नै पर्ने भएपछि आफ्ना उत्तराधिकारीको रूपमा जापान फुटबल संघका पूर्वप्रमुख साबुरो कावागुचीलाई अघि सारेका थिए । उनको यो प्रयास पनि सफल नभएपछि हासीमोतोले अवसर पाएकी हुन् ।
जापान यस्ता समस्यासँग जुघिरहँदा अमेरिकाको फ्लोरिडाले भने आफू ओलम्पिक आयोजना गर्न तयार रहेको जनाएको छ । फ्लोरिडा कोरोना महामारीका कारण संसारका धेरै प्रभावित शहर मध्य एक हो । त्यहाँ जनवरीको अन्त्यसम्ममा २५ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।
यो वर्ष ओलम्पिक त आयोजना हुन सक्छ परन्तु, संसारका मानव जाति एक हौँ भन्ने भावनाले प्रेरित गर्न र संसारलाई उत्साहित बनाउन टोक्यो ओलम्पिक असमर्थ हुने देखिएको छ ।
आयोजक देशमा देखिएको लैङ्गिक स्क्यान्डल, ट्रम्प कार्यकालमा अश्वेत माथि थोपरिएको पीडा र जापानी नागरिकको ओलम्पिकप्रतिको अरुचिको कारण महोत्सव फिक्का रहने सम्भावना बढी छ । साथमा रुस र सनको स्क्यान्डलले फेरि एकपटक शीतयुद्धकालीन ओलम्पिकको झझल्को पनि आउन सक्नेछ । (एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया