फोनमा हेल्लो भन्ने शब्दको सुरुवात कसरी भयो ? « Khabarhub

फोनमा हेल्लो भन्ने शब्दको सुरुवात कसरी भयो ?


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हामीले सानैबाट फिल्म, टेलिभिजन सुन्दै वा पछिल्ला केही दशकयता आफैले टेलिफोन उठाउने बित्तिकै प्रयोग गर्दै आएको शब्द हो, ‘हेल्लो’ । तर तपाईले कहिल्यै सोच्नु भएको छ, फोनमा सबैभन्दा पहिले किन ‘हेल्लो’ भनिन्छ ।

आजको आधुनिक युगमा प्रायः हरेक मानिसको हातमा मोवाइल फोन छ । मोबाइल हाम्रो दैनिक जीवनमा अपरिहार्य बनिसकेको छ । यस्तोमा चाहे मोवाइलमा होस् चाहे ल्याण्डलाइन फोनमा सबैले फोन उठाउने बित्तिकै पहिलो बोल्ने शब्द हो, ‘हेल्लो’ । तर यो शब्द कसरी शुरू भयो त ?

अलेक्जेण्डर ग्राहम बेलले टेलिफोनको आविष्कार शुरू गरेका थिए । यसकालागी उनले कडा मेहनत गरेका थिए । टेलिफोनको आविष्कारपछि ग्राहमले सबैभन्दा पहिले साथी वाटसनसँग कुरा गरे । यसमा उनले भनेका थिए, श्रीमान वाटसन यहाँ आउनुहोस्, मलाई तपाईको आवश्यकता छ । त्यस क्रममा टेलिफोनमा हेल्लो शब्द प्रयोग गरिँदैन थियो ।

टेलिफोनको आविष्कारपछि क्रमशः यसको प्रयोग शुरू भयो । त्यसक्रममा मानिसहरु आर यू दियर भनेर कुराकानी शुरू गर्दथे । त्यस क्रममा थोमस एडिसनले एहोइ (Ahoy) शब्द सुने त्यसपछि उनले सन् १८७७ मा एहोईको सट्टा हेल्लो भन्न थाल्ने प्रस्ताव गरे । पिट्सबर्गको सेन्ट्रल डिस्ट्रिक्ट एण्ड प्रिण्टिग टेलीग्राफ कम्पनीबाट उक्त प्रस्ताव पास भएपछि हेल्लो शब्द चलनचल्तीमा आयो ।

यस अलावा हेल्लो भनेर टेलिफोनमा बोल्न शुरूवात गर्नुमा अर्काे कथन पनि चर्चामा छ । खासमा ग्राहम बेलकी प्रेमिकाको नामसमेत हेलो थियो त्यसक्रममा उनी प्रेमिकालाई फोन गर्दा हेल्लो भन्ने गर्दथे । यसरी पूरै विश्वभर फोनको शुरूवातमा हेल्लो शब्द प्रचलनमा आयो । यसमा थोमस एडिसनको देन छ । हेल्लो पुरानो जर्मन शब्द हालाबाट बनेको थियो । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १ : १० बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र