काबुलमा विस्फोट पाँचको मृत्यु | Khabarhub Khabarhub

काबुलमा विस्फोट पाँचको मृत्यु


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानको राजधानी काबुलमा शनिबार तीन ओटा कारलाई लक्ष्य गर्दै भएको तीन ओटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्य भएको छ ।

मृत्यु हुनेमा दुई प्रहरी अधिकारी, एक महिलासहित तीन सर्वसाधारण रहेका छन् । साथै यस विस्फोटमा परी अन्य दुई व्यक्ति घाइते भएका काबुलको प्रहरी स्रोतले पुष्टि गरेको छ ।

विस्फोटहरू बिहानको व्यस्त समय भएको थियो । पहिलो विस्फोट स्थानीय समयानुसार शनिबार बिहान ८ बजे भएको थियो ।

दोस्रो विस्फोट १५ मिनेट पछि भएको थियो, भने तेस्रो विस्फोटन शनिबार बिहान १०:२० बजे भएको काबुलका प्रहरी प्रवक्ता फरदौस फारामारसले बताएको सिन्ह्वा सामाचार समितिले जनाएको छ ।

यस समाचारको विस्तृत विवरण प्राप्त नभएको र विस्तृत विवरणको लागि आपराधिक अनुसन्धान विभागसहित एक संयुक्त सुरक्षा टोली खटिएको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ३ : १५ बजे

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक

साढे दुई लाखभन्दा बढीले नयाँ मतदाता थपिए

काठमाडौं – हालसम्म दुई लाख ५७ हजार ५०५ नयाँ मतदाताले

जनार्दन पक्षको ‘प्रगतिशील नागरिक पार्टी’ दर्ताका लागि आयोगमा निवेदन

काठमाडौं – तत्कालीन नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माको संरक्षणमा

धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ

जनकपुरधाम – धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको

एनपीएलका लागि कीर्तिपुर क्रिकेट मैदानमा तयारी तीव्र (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग दोश्रो संस्करणका लागि कीर्तिपुर क्रिकेट