अनुहारको पोतो हटाउने घरेलु उपचार | Khabarhub Khabarhub

अनुहारको पोतो हटाउने घरेलु उपचार


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अनुहारमा पोतो या कालो दागजस्तो देखियो भने त्यसलाई ‘अनुहारको पोतो’ भनिन्छ ।

घरेलु उपचार

१ लोध, धनियाँ, वच, गोरोचन र मरीचलाई पानीमा पिसेर मुखमा लेप गर्नाले अनुहारको छायाँ (कालो) मेटिनेछ ।

२. सरसिउा, वच, लोध र सिधेनुनलाई पानीमा पिसेर मुखमा लेप गर्नाले पोतो हट्छ ।

३. रक्तचन्दन, मंजीठा, कूट, लोध, गेडागुडीको अंकुर र प्रियंगुलाई पानीमा पिसेर लेप गर्नाले अनुहारको पोतो हट्छ ।

४. जायफललाई पानीमा घोटेर लेप गर्नाले कालो दाग ठीक हुन्छ ।

५. हर्दीलाई आँकको दूध मथेर मुखमा लेप गर्नाले पोतो हट्छ ।

६. मसुरोलाई दूधमा पिसेर घीउको संयोगबाट लेप गर्नाले कालो छायाँ मेटिन्छ र अनुहारको चमक बढ्छ ।

७. केसर, कमलनाल, रक्तचन्दन, लोध, अंगुर, मजीठ, मुलहठी पत्रज कुट, गोरोचन, दुवै हर्दी, लाख, नागकेसर, प्रियंगु, गेडागुडीको अंकुर, चमेलीको पात, वच र सरसिउँ सबैको घोललाई तेलमा पकाएर मालिश गर्नाले अनुहाको पोतो हट्छ ।

साभारः घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ८ : २८ बजे

किवीखेतीबाट वार्षिक ७ लाख आम्दानी

दोलखा– जिल्लाको जिरी नगरपालिका–७ कलङका किरण बहादुर खड्का हिजोआज किवी

साउथ हिरो विजयको ‘अन्तिम’ फिल्म ‘जन नायकन’को टिजर सार्वजनिक

काठमाडौं – दक्षिण भारतीय नायक विजय थलापति आफ्नो अन्तिम फिल्म

सर्वोच्चले पनि नछोडेका रविको पक्षमा हस्ताक्षर गर्न पुगे विपिन कार्की

काठमाडौं- सहकारी ठगी प्रकरण जस्तो गम्भीर आरोपमा सर्वोच्च अदालतले समेत

पाँच दिनभित्र ‘भिजिट भिसा’ प्रकरणबारे छानबिन संयन्त्र बन्छ : महेश बर्तौला

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले