पोखरामा हुने भनिएको पर्वतीय खेलकुद महोत्सव स्थगित « Khabarhub

पोखरामा हुने भनिएको पर्वतीय खेलकुद महोत्सव स्थगित


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– फागुन तेस्रो सातादेखि गण्डकी प्रदेशमा सञ्चालन हुने भनिएको आठौँ पर्वतीय खेलकूद महोत्सव स्थगित गरिएको छ ।

आयोजक संस्था ‘माउन्टेन स्पोर्टस फेडेरेशन’ विज्ञप्ति जारी गर्दै उक्त महोत्सव हाललाई स्थगित गरिएको जनाएको हो ।

उक्त महोत्सव यही फागुन २० देखि चैत २० गतेसम्म सञ्चालन गर्ने तालिका तय भएको थियो । “प्राविधिक कारण महोत्सव स्थगित गरिएको छ”, विज्ञप्तिमा उल्लेख छ ।

फेडेरेशनले महोत्सवको नयाँ तालिका चाँडै तय गरिने जनाएको छ । उक्त महोत्सवमा आर्चरी, ठेलो, क्यानोनिङ, रक क्लाइम्बिङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस कन्ट्री रनिङ, मोटर स्पोर्टस, टग अफ वार, रिङ रेस्लिङ, घोडा दौड, गल्फलगायत खेल खेलाइने आयोजक संस्थाले जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १० : १७ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको