विप्लवसँग वार्ता हुने विषयले कतिपयलाई छटपटी भइरहेको छ : प्रधानमन्त्री ओली (भिडियोसहित) « Khabarhub

विप्लवसँग वार्ता हुने विषयले कतिपयलाई छटपटी भइरहेको छ : प्रधानमन्त्री ओली (भिडियोसहित)


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई प्रतिबन्धित विप्लव नेकपासँग हुने भनिएको वार्ताको कुराले छटपटी भएको टिप्पणी गरेका छन् ।

पाँचौ इन्द्रदह पर्यटन महोत्सव आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द्र (विप्लव) समूहसँग सरकारले वार्ता गर्ने तयारी गरेसँगै कतिपयलाई छटपटी भएको टिप्पणी गरेका हुन्।

हेरौँ भिडियो


प्रधानमन्त्री ओलीले फरक राजनीतिक बाटोमा रहेका विप्लव समूहलाई वार्तामा ल्याएर शान्तिपूर्ण राजनीतितर्फ डोहोर्‍याउन आफूले पहल गरिरहेको बताए ।

सम्बोधनकै क्रममा उनले वैशाकमा कुनै पनि हालतमा निर्वाचन भएरै छड्ने बताउँदै दुबै चरणको निर्वान गर्न सरकार तयार रहेको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले वैशाख १७ गते ४० जिल्लामा र २७ गते अन्य जिल्लामा निर्वाचन हुने बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो बारेमा कसैले राम्रो भनोस् भनेर आफूले कार्य सम्पादन नगरेको बताउदै जनताको भलो गर्न कार्य सम्पदान गरिरहेको दाबी गरे ।

उनले दाहाल-नेपाल समूहलाई संकेत गर्दै सरकारलाई अवरोध गर्नेहरू पार्टीबाट बाहिरिएपछि मात्रै देश र जनताको पक्षमा उल्लेखनीय काम भएको तर्क गरेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ७ : २१ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग