नेप्से दोहोरो अंकले घटे पनि हाइड्रोपावरको शेयर मूल्यमा चमक | Khabarhub Khabarhub

नेप्से दोहोरो अंकले घटे पनि हाइड्रोपावरको शेयर मूल्यमा चमक


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेपनि हाइड्रोपावर कम्पनीहरुको सेयर मूल्य भने उकालो लागेको छ ।

सोमबार भने नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । तर हाइड्रोपावरको सेयर मूल्यमा चमक देखिएको छ । नेप्सेमा कारोबार हुने सबै समूह घटेर राताम्मे देखिँदा समेत हाइड्रोपावर र अन्य समूहमा रहेका केहि कम्पनीहरुको शेयर मूल्य उकालो लागेको हो ।

सेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलव ६७ अंकले ओरालो लागेर २ हजार ६ सय ०७ दशमलव ६७ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.२२ अंकले घटेको छ ।

आइतबार अधिकांश समूह घटेपनि हाइड्रोपावरले समग्र बजार नै उचालेको थियो । हाइड्रोपावर समूहको सब इन्डेक्स ४ प्रतिशत भन्दा धेरै बढ्दा झिनो अंकले उकालो आइतबार नेप्से परिसूचक बढेको थियो ।

सोमबार धेरै कमाउने अधिकांश हाइड्रोपावर कम्पनीहरुकै लगानीकर्ताहरु देखिएका छन् । दोस्रो बजारमा सूचीकृत भएर कारोबार शुरु भएसँगै लगातार बढिरहेको नेपाल इन्फ्रास्ट्रचर बैंक (निफ्रा) को सेयर मूल्य सोमबार पनि १० प्रतिशतले बढेको छ ।

अघिल्लो साताको आइतबारदेखि दोस्रो बजारमा शुरु भएको निफ्राको सेयर मूल्य लगातार बढेर अहिले ६६० रुपैयाँमा पुगेको छ । उता आँखुखोला जलविद्युत कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले वृद्धि भएको छ । यसपछि धेरै बढ्नेमा अन्य हाइड्रोपावर कम्पनीहरु नै देखिएका छन् ।

निर्माणको अन्तिम चरणमा पुगेको माथिल्लो तामाकोशी हाइड्रोपावरको शेयर मूल्य अत्यधिक बढेको छ ।

केही दिनयता निकै चर्चामा रहेको सिभिल बैंक र सेञ्चुरी कमर्सीयल बैंकको सेयर मूल्य भने घटेको छ । दुवै बैंकको ५ प्रतिशत भन्दा धेरैले शेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ४ : ०३ बजे

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ

भारतमाथि ५० प्रतिशत अमेरिकी शुल्क लागू : गहना र कपडाको माग ७० प्रतिशत घट्ने डर, हजारौँको रोजगारी संकटमा

नयाँदिल्ली- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत

भारतीय पर्यटकले पाँच हजार डलर बराबरको भारतीय रुपैयाँ ल्याउन पाउने

वीरगञ्ज– नेपाल राष्ट्र बैंकले भारतीय नागरिकले नेपाल भ्रमणका क्रममा पाँच