इटलीका राजदूतको कङ्गोमा हत्या « Khabarhub

इटलीका राजदूतको कङ्गोमा हत्या


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्जी- कङ्गोका लागि इटलीका राजदूत लुका अट्टानासिओको कङ्गोमै हत्या भएको छ ।

देशको पूर्वी क्षेत्रमा पर्ने भिरुङ्गा नेशनल पार्कमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का सुरक्षा दलमाथि आक्रमण भएका वेला उनको हत्या भएको हो ।

पार्कका अधिकारीहरूले दिएको जानकारीअनुसार आक्रमणमा राजदूतसँगै उनका अङ्ग रक्षक, चालक र अरु केही व्यक्तिको पनि मृत्यु भएको छ ।

सुरक्षा दलका अरु केही घाइते भएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

कङ्गोमा आफ्ना राजदूतको हत्या भएको इटलीले पनि पुष्टि गरेको छ । घटनाका बारेमा थप विवरण सङ्कलन गर्ने क्रम चलिरहेको अधिकारीहरूको भनाइ छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ७ : ३० बजे

चिनियाँ अधिकृत ली लेयाङ : केरुङ आएको चार दिनमै बाढीमा परिन्, बुवाआमालाई बेइजिङ घुमाउने सपना अधुरै

काठमाडौं– चीन–नेपाल सीमास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान

साउदीलाई हराउँदै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं- साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर

बर्खासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो (तस्बिरहरू)

काठमाडौं– बर्खायामसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

सिडियोलाई गृहको पत्राचार : ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

काठमाडौं– गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय (सिडिओ)लाई पत्र लेख्दै ऋण

चिलिमे सुरुङमा पुगे सांसदद्वय सागर र श्रीराम, ‘ब्लास्ट’ गरेर बाटो खोल्न सेनालाई सुझाव

रसुवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर