१ हजार १०० ले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? « Khabarhub

१ हजार १०० ले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार १०० ले उकालो लागेको छ । सोमबार स्थिर रहेको सुनको मूल्यमा आज एक हजारभन्दा बढीले सुधार आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार ८९ हजार ९०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आज भने तोलामा ९० हजार १०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन सोमबार तोलामा ८८ हजार ५५० मा कारोवार भएकामा आजका लागि भने ८९ हजार ६५० मा कारोवार भएको छ ।

तेजाबी सुनसमेत तोलामा एक हजार १०० रुपैयाँले उकालो लागेको हो ।

चाँदीको मूल्यमा समेत आज २५ ले वृद्धि भएको छ । तोलामा एक हजार ३३५ मा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३६० मूल्य कायम भएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ११ : ४२ बजे

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी– मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको

हिट फिल्मको सिक्वेल छोडेर ‘रोल नम्बर १’ गर्ने मुकुन

काठमाडौँ- शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रोल नम्बर १’को स्लोगान

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक

एसियाली खेलकुद : महिला क्रिकेट छनोटमा आज चीनसँग भिड्दै नेपाल

काठमाडौँ – नेपाली महिला क्रिकेट टोली बुधबार एसियाली खेलकुदको महिला

प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।