तीन वनमा लागेको आगो १८ घण्टापछि नियन्त्रणमा | Khabarhub Khabarhub

तीन वनमा लागेको आगो १८ घण्टापछि नियन्त्रणमा


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको गलकोटका तीनवटा सामुदायिक वनमा लागेको आगो झण्डै १८ घण्टापछि नियन्त्रणमा आएको छ । सोमबार दिउँसोदेखि गलकोट नगरपालिका–५ र ७ का सामुदायिक वनमा लागेको आगो स्थानीयवासी र प्रहरीको सक्रियतामा आज बिहान नियन्त्रणमा आएको हो ।

वन पैदावार र बस्तीसमेत जोखिममा परेपछि सामुदायिक वनका उपभोक्ताहरू रातभर आगो नियन्त्रणका लागि खटिएको ठूलाचौर महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष थुमकुमारी थापाले जानकारी दिए ।

आगलागीका कारण गलकोट नगरपालिका–५ को दानसिङडाँडा सामुदायिक वन, गगनपानी सामुदायिक वन र वडा नं ७ को ठूलाचौर सामुदायिक वनमा करोडौँ रुपैयाँको क्षति भएको उनले बताए । भैंसे दानसिङडाँडा सामुदायिक वन गलकोट नगरपालिका–५ देखि शुरु भएको आगो गगनपानी सामुदायिक वन हुँदै छिमेकी वडाको ठूलाचौर सामुदायिक वनसम्म फैलिएको थियो ।

राति स्थानीयवासीले अग्नि रेखा निर्माण गरी बिहान आगो नियन्त्रण गरिएको गलकोट नगरपालिका–७ का वडाध्यक्ष सुवेदार टीकाबहादुर थापाले जानकारी दिए । ठूलाचौर सामुदायिक वनको मल्म खोलापारिदेखि मान्दारादानसिङ जोड्ने गोरेटो बाटो सफा गरी स्थानीयवासीले अग्नि रेखा निर्माण गरेका थिए ।

करीब २०० मानिसले लाइनमा बसी स्याउला, बाल्टीमा पानी बोकेर आगो निभाउन सफल भएको ठूलाचौर सामुदायिक वन उपभोक्ता समितिका सचिव सुनिता साहानी थापाले बताए । मोबाइल र टर्च लाइटको सहारामा आगो निभाउन सफल भएको समाजसेवी बाबुराम थापाले बताए ।

जङ्गल नजीकै रहेको बस्ती खोलापारि, साहानीडाँडा, नरौदी र मान्दारा आगोको उच्च जोखिममा रहेका थिए । आगो झण्डै १७/१८ घण्टापछि नियन्त्रमा आएको हो । आगलागीका कारण दानसिङडाँडा सामुदायिक वनको झण्डै ४० हेक्टर क्षेत्रफल, गगनपानी सामुदायिक वनको पाँच हेक्टर र ठूलाचौर सामुदायिक वनको ८० हेक्टर जङ्गल जलेको छ ।

वन क्षेत्रमा आगलागी हुँदा वनमा रहेका जीवजन्तु, चराचुरुङ्गी र रूखबिरुवा जलेर नष्ट भएका छन् ।

आगलागीले तीनवटा सामुदायिक वनमा करोडौँ मूल्यको क्षति भएको छ । आगो निभाउन इलाका प्रहरी कार्यालय गलकोट, गलकोट नगरपालिका–५ हरिचौर, टेउवा, दानसिङडाँडा, मान्दारा, सर्दाखेतका स्थानीयवासी रातभर खटिएका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  २ : ३० बजे

कर मामिलामा निजी क्षेत्रसँग लय मिलाउँदै अर्थमन्त्री, सम्बोधन गर्ला त बजेटले ?

काठमाडौं – बजेट ल्याउने क्रममा विगतदेखि नै सरकारले कर क्षेत्रमा

स्कटल्याण्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्ड भ्रमणमा जाने नेपाली

भूमिसम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत

काठमाडौं– सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,

फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन

एजेन्सी– राष्ट्रपति इमानुएल म्याक्रोनले फ्रान्सले युक्रेनमा रुसको आक्रमणका कारण ‘तेस्रो

पाकिस्तानी रेञ्जर्सले समातेका भारतीय जवान फिर्ता

एजेन्सी – पाकिस्तानी रेञ्जर्सले बन्दी बनाएका भारतीय सीमा सुरक्षा बल