जर्जियाका प्रमुख विपक्षी नेता गिरफ्तार « Khabarhub

जर्जियाका प्रमुख विपक्षी नेता गिरफ्तार


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्जियाली प्रहरीले मंगलबार यहाँको विपक्षी दलको मुख्यालयबाट प्रमुख विपक्षी नेतालाई पक्राउ गरेको छ ।

नेता निका मेलियालाई दलको कार्यालयमा पुगी पक्राउ गर्ने क्रममा दलका नेता तथा कार्यकर्ता र सुरक्षाकर्मीबीच दोहोरो झडपसमेत भएको सरकारी अधिकारीले बताएका छन् ।

उक्त अवसरमा प्रहरीले भीडलाई नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास समेत चलाएको समाचार एजेन्सी सिन्ह्वाले बताएको छ ।

विपक्षी नेताको पक्राउपछि गत वर्ष सम्पन्न भएको भनिएको विवादित संसदीय निर्वाचनपछि जारी राजनीतिक सङ्कटलाई अझ गम्भीर बनाउने अनुमान अधिकारकर्मीहरूले गरेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिभिजनमा देखिउका प्रत्यक्ष दृश्यमा जर्जियाको प्रमुख विपक्षी गठबन्धन, ‘यूनाइटेड नेशनल मुभमेन्ट’, का नेता निका मेलियालाई दलको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर हिरासतमा लगिएको देखिएको छ ।

यसैबीच सयौं दङ्गा प्रहरीले उहाँका समर्थकहरू र बुधवारदेखि भवनमा डेरा गरी रहेका देशका सबै विपक्षी दलका नेताहरू विरूद्ध अश्रु ग्यास प्रयोग गरेको एमतावारी टिभीले प्रत्यक्ष दृष्यचित्रहरूमा देखाइएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ७ : १७ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी