एन्फा र गङ्गालाल अस्पतालबीच सम्झौता « Khabarhub

एन्फा र गङ्गालाल अस्पतालबीच सम्झौता


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले खेलाडीको स्वास्थ्य परीक्षणका लागि शहीद गङ्गालाल अस्पतालसँग सम्झौता गरेको छ ।

एन्फाले राष्ट्रिय फुटबल टोलीका महिला र पुरुष खेलाडी तथा एकेडेमीका खेलाडीको मुटु परीक्षणका लागि गङ्गालालसँग सम्झौता गरेको हो ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र गङ्गालाल अस्पतालका कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । गङ्गालालले सम्झौतालगत्तै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका २० खेलाडीको मुटु परीक्षण गरेको एन्फाले जनाएको छ ।

मुटु परीक्षण गराउने खेलाडीमा एरिक विष्ट, दीप कार्की, अजित भण्डारी, देवेन्द्र तामाङ, नवयुग श्रेष्ठ, सुजल श्रेष्ठ, विशाल राई, सुरज विक, आशिष लामा, त्रिदेव गुरुङ, छिरिङ गुरुङ, दर्शन गुरुङ, इशान खड्का, संजोक राई, रविशङ्कर पासवान, पाल्साङ लामा र रञ्जित धिमाल तथा एन्फा पदाधिकारी उपेन्द्रमान सिंह, इन्द्रमान तुलाधरलगायत छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १० : ३० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले