बार एशोसिएशनले भन्यो : सर्वोच्चले संवैधानिक समस्यालाई निकास दियो « Khabarhub

बार एशोसिएशनले भन्यो : सर्वोच्चले संवैधानिक समस्यालाई निकास दियो


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालत बार एशोसिएशनले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना गर्ने गरी भएको फैसलाले मुलुकको संवैधानिक समस्यालाई समयमै निकास दिएको जनाएको छ ।

सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले आज विज्ञप्तिमार्फत सर्वोच्चको आदेशले विधिको शासन, संविधानवाद, संवैधानिक सर्वोच्चता कायम गर्दै न्यायालय सक्षम, स्वतन्त्र, निर्भिक र निष्पक्ष रहेको तथ्य स्थापित भएको उल्लेख गरेका छन् ।

उक्त आदेशले विधिको शासन र संवैधानिक सर्वोच्चतालाई स्थापित गरेको बारको निष्कर्ष छ । सर्वोच्चबाट भविष्यमा पनि संवैधानिक सर्वोच्चता, विधिको शासन र मौलिक हक सम्बन्धमा सार्वभौम जनताले संविधानमार्फत स्थापित गरेको मूल्यमान्यतालाई अझ बढी संरक्षण र स्थापित हुनेछ भन्ने बारको विश्वास लिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १० : ३० बजे

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर– कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने

मधेशवादी दलका नेताले प्रधानमन्त्रीलाई सोधे : ताकेरै कम्मरमाथि गोली चलाउन कसले आदेश दियो ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार मधेसवादी दलहरूसँग छलफल गरेका छन्।

तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैङ्क

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका

अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न अन्तिम पटक १५ दिन थप, अब म्याद नथपिने

काठमाडौं– काठमाडौँ उपत्यकामा वर्षौंदेखि बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका तथा प्रयोगविहीन

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिँदा एकजना नेपाली र ओमानी आरोहीको परिचय खुल्यो

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा