बार एशोसिएशनले भन्यो : सर्वोच्चले संवैधानिक समस्यालाई निकास दियो « Khabarhub

बार एशोसिएशनले भन्यो : सर्वोच्चले संवैधानिक समस्यालाई निकास दियो


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालत बार एशोसिएशनले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना गर्ने गरी भएको फैसलाले मुलुकको संवैधानिक समस्यालाई समयमै निकास दिएको जनाएको छ ।

सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले आज विज्ञप्तिमार्फत सर्वोच्चको आदेशले विधिको शासन, संविधानवाद, संवैधानिक सर्वोच्चता कायम गर्दै न्यायालय सक्षम, स्वतन्त्र, निर्भिक र निष्पक्ष रहेको तथ्य स्थापित भएको उल्लेख गरेका छन् ।

उक्त आदेशले विधिको शासन र संवैधानिक सर्वोच्चतालाई स्थापित गरेको बारको निष्कर्ष छ । सर्वोच्चबाट भविष्यमा पनि संवैधानिक सर्वोच्चता, विधिको शासन र मौलिक हक सम्बन्धमा सार्वभौम जनताले संविधानमार्फत स्थापित गरेको मूल्यमान्यतालाई अझ बढी संरक्षण र स्थापित हुनेछ भन्ने बारको विश्वास लिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १० : ३० बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी