काभ्रे पुगेर सञ्चारमन्त्रीले भने ३ वर्षभित्र शिक्षालाई गुणस्तरीय बनाइन्छ « Khabarhub

काभ्रे पुगेर सञ्चारमन्त्रीले भने ३ वर्षभित्र शिक्षालाई गुणस्तरीय बनाइन्छ


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तीन वर्षभित्र सामुदायिक शिक्षा परिमार्जन गरी गुणस्तरीय बनाइसक्ने दाबी गरे।

एशियाली विकास बैंक (एडीबी)को ६ करोड ऋण सहयोग तथा पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ (शिक्षा) को समन्वयमा चौँरीदेउराली गाउँपालिका–४ सालिमेछेडास्थित सरस्वती माध्यमिक विद्यालयको नवनिर्मित १२ कोठे भवनको शुक्रबार उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले तीन वर्षभित्र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी हुने गुणस्तरीय शिक्षा बनाइसक्ने बताए।

मन्त्री बाँस्कोटाले सरकारले प्राविधिक शिक्षालाई प्राथमिकता दिने बताए । उनले भने, ‘हाम्रो मुलुकमा रहेका सम्पूर्ण स्रोतसाधान उपयोग गर्न प्राविधिक शिक्षा आवश्यक छ, यसप्रति सरकारको विशेष ध्यान गइरहेको छ ।’ मन्त्री बाँस्कोटाले शिक्षा सामाजिकीकरण र व्यव्हारिक हुनुपर्ने बताउँदै भने, ‘शिक्षालाई अर्थतन्त्रसँग जोड्नुपर्दछ, यसले आत्मनिर्भरतालाई प्रोत्साहित गर्दछ’, परिमार्जित शिक्षाले मानिसलाई संस्कारप्रति बफादार बनाई श्रमप्रति सम्मान गर्ने उनको दाबी थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  १० : ०२ बजे

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर