सुनको जलहरी विवादबारे के भन्छ पशुपति क्षेत्र विकास कोष ? « Khabarhub

सुनको जलहरी विवादबारे के भन्छ पशुपति क्षेत्र विकास कोष ?


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पशुपतिनाथको शिवलिंगमा १ अर्ब रकम खर्चिएर  १ सय ८ किलो सुनको जलहरी राख्ने विषय निकै चर्चामा रह्यो ।

कतिले जलहरी राख्ने विषय प्राचीन स्मारक ऐन बमोजिम रहेको भन्दै आलोचना गरे । कतिले जस्ताको त्यस्तै राख्नुपर्ने तर्क दिए त कतिले १ अर्ब रकम कुनै ठाउँमा लगानी गर्दा राम्रो भने ।

यस विषयमा के भन्छ कोष ?

पशुपति क्षेत्र विकास कोषका सदस्य सचीव डा. प्रदीप ढकालले आफूहरले जलहरी राख्ने काम गरिसकेको बताए ।

उनले भने, ‘गत माघ १२ गते प्रधानमन्त्री पशुपतिनाथ आउँदा जलहरीको कुरा उठेको थियो फागुन १२ मा हामीले जलहरी राख्ने काम सम्पन्न गर्यौं ।’

उनकाअनुसार शिवलिंगमा लगाइने जलहरी १ सय ८ किलोको रहेको छ । सोमबारसम्म त्यहाँ ९६ किलो सुनको जलहरी लगाउने काम सम्पन्न भइसकेको छ । बाँकी १२ किलो सुन जलहरीको बीचतिरको नागको आकृति भएको क्षेत्रमा राख्न बाँकी छ ।

त्यस्तै उनले मापदण्डभित्र रहेर काम गरेको बताउँदै चाँदीलाई सुनले प्रतिस्थापित गर्न मात्र लागेका र अन्यथा केही नरहेको जनाए ।

‘चाँदीको माथि सुनको जलहरी लगाउँदा जनमास सबै खुसी नै छन् भगवानको आस्थाको केन्द्र पशुपतिनाथ जस्तो मन्दिरमा यसरी हाम्रो कार्यकालमा सुनको जलहरी लगाउन पाउँदा हामी पनि खुसी छौं’ उनले भने ।

सुनलाई झन पवित्र धातुका रुपमा पनि लिइन्छ प्राय धेरै धार्मिक स्थलमा सुनकै छानो, कलश राख्ने गरिएको उनले बताए ।

यद्यपि पशुपतिमा सुनको जलहरी राख्ने निर्णय विरुद्ध प्रदेशसभा सदस्य नैरत्न वैद्य र अधिवक्ता नीकिता ढुंगानाले सर्वोच्च अदालतमा रिट नै  दर्ता गरे ।

उक्त मुद्दामा सर्वोच्च अदालतले यथास्थितिमा राख्न आदेश दिएको छ।

सर्वोच्चले स्मारक संरक्षण ऐन २०१३ को कानूनी व्यवस्था अनुसार छलफलको टुंगो नलागेसम्म पशुपतिनाथको मन्दिरभित्रको सुनको जलहरी लगाउने कार्य यथास्थितिमा राख्न आदेश दिएको हो ।

तर सोही दिन कोषले जलहरी राख्ने काम सम्पन्न गरेको सदस्यसचीव ढकालले बताए । सर्वोच्चले आगामी सोमवार यही विषयमा दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

‘हामीले गत सोमबार नै जलहरी राखिसक्यौं, यदी अदालतको निर्णयले राखेको जलहरी निकाल्न आदेश दिन्छ भने पनि हामी झिक्न तयार छौं’ ढकाल भन्छन्, ‘कानूनलाई राज्यले पनि पालना गर्नुपर्छ ।’

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  १० : ३१ बजे

आज २०८३ साल असार ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ४ गते बिहीबार । सन्

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा