चीनबारे डब्लुएचओको निष्कर्ष अमेरिकाका लागि अमान्य « Khabarhub

चीनबारे डब्लुएचओको निष्कर्ष अमेरिकाका लागि अमान्य


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङटन डीसी– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को चीनमा कोभिड–१९ बारे पछिल्लो निष्कर्षलाई अमेरिकाले अस्वीकार गरेको छ ।

चीनमा कुनै पनि जनावर प्रजातिमा कोभिड–१९ को संक्रमण नफैलिएको भन्ने डब्लुएचको निष्कर्ष अमेरिकाले अस्वीकार गरेको हो।

डब्लुएचको पछिल्लो निष्कर्ष अस्वीकार गर्दै अमेरिकाले चीनमा कोभिड–१९ स्थितिबारे आफ्नै संयन्त्रमा स्वतन्त्र अनुसन्धान गर्ने बताएको छ ।

चीनमा कोभिड–१९ बारे रिपोर्ट तथा तथ्यांकहरुको गहिरो अध्ययन र विश्लेषण गरि निष्कर्षमा पुग्ने अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले बताएका छन् ।

चीनले विश्वलाई कोभिड–१९ बारे कुनै पनि विश्वसनीय र पारदर्शी सूचना उपलब्ध नगराएको प्रवक्ता प्राइसले बताए। डब्लुएच्ओका विज्ञ पेटर डेस्जकले भने अमेरिकी टिप्पणीमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरे ।

चीनमा अनुसन्धानको क्रममा प्रयोगशालाहरुबाट भाइरस चुहावट हुने सम्भावना नभेटेको डब्लुएच्ओले बताएको छ । साथै चीनमा कुनै पनि जनावर प्रजातिमा कोभिड–१९ को संक्रमण प्रमाणित नभएको बताएको छ।

यसअघि देखि डब्लुएच्ओले चीनमा निष्पक्ष अनुसन्धान नगरेको भन्दै अमेरिकाले आलोचना गर्दै आएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  १० : ०१ बजे

संसद्‌मा बहुमत हुँदाहुँदै किन अध्यादेश ? यस्तो छ कानुनमन्त्री गौतमको जवाफ

काठमाडौँ – सरकारले हालै जारी गरेका अध्यादेशलाई लिएर सडकदेखि सदनसम्म

रास्वपा सचिवालय बैठक बस्दै: महाधिवेशन कार्यविधि र विधान संशोधन मुख्य एजेन्डा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार

कान्ति लोकपथमा पहिरो खस्यो: हेटौंडा-काठमाडौँ यातायात ठप्प

काठमाडौँ – ललितपुरको बागमती गाउँपालिका–४ पाङदुरमा पहिरो खसेपछि कान्ति लोकपथ

प्रेस स्वतन्त्रता लोकतन्त्रको अभिन्न खम्बा हो : नेता आङदेम्बे

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं प्रमुख प्रतिपक्षी दलका संघीय

मुन्दुम ट्रेलमा लालीगुराँसको रौनक: पर्यटक लोभ्याउँदै १८ प्रजातिका गुराँस

खोटाङ – नेपाल सरकारले निर्धारण गरेको १०० पर्यटकीय गन्तव्यमध्येको एक