विश्वभर ८ करोड ९५ लाखभन्दा धेरैले जिते कोरोना | Khabarhub Khabarhub

विश्वभर ८ करोड ९५ लाखभन्दा धेरैले जिते कोरोना


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर ८ करोड ९५ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजारभन्दा धेरै संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ८ करोड ९५ लाख १९ हजार ५२३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४ लाख १८ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या ११ करोड ३९ लाख ६१ हजार ४०५ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड १९ लाख १३ हजार ८०६ छ । यसमध्ये ९१ हजार ४१८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ३३६ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २५ लाख २८ हजार ३६ पुगेको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख २२ हजार ८५२ जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजिलमा २ लाख ५२ हजार ९८८ जना, भारतमा १ लाख ५६ हजार ९७० जना, रूसमा ८५ हजार ३०४ जना, बेलायतमा १ लाख २२ हजार ४०५ जना, फ्रान्समा ८६ हजार १४७ जना, इटालीमा ९७ हजार २२७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ६ : ५४ बजे

खेलाडी उत्पादन गर्दै रामपुर नगरपालिका

पाल्पा – खेलक्षेत्रको विकास गर्न रामपुर नगरपालिकाले खेलाडी उत्पादनमा जोड

शेखर कोइरालाले भने : सुशासन कायमबाट मात्रै मुलुक समृद्ध बन्छ

तनहुँ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र देखिएको

सीमान्तकृत समुदायका लागि सुरक्षित आवासमा पहुँच वृद्धि गर्न जोड

काठमाडौं – आवाससम्बन्धी संविधानप्रदत्त अधिकार प्राप्तिका लागि सीमान्तकृत समुदायको सुरक्षित

अल्जेरियामा फुटबल समर्थकहरू बीच भागदौड : तीन जनाको मृत्यु, ८१ घाइते

अल्जियर्स – अल्जेरियाको राजधानी अल्जियर्समा मोलुदिया क्लब द अल्जेर (एमसीए)